ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

गण्डक सिल्टबेसिन उद्घाटन तयारी 

२५ जेष्ठ २०८२, आइतबार
२५ जेष्ठ २०८२, आइतबार
नवलपरासी, २५ जेठ । 
 नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सोही क्षेत्रका सांसद विनोद चौधरीले अनुगमन गरेका छन् । नहरको मुहानमा निर्माणाधीन सिल्टबेसिनको निर्माण गरी भई रहेको पानी प्रवाहको अवस्थाबारे अनुगमन गरेका हुन् ।
उक्त नहर २०३९ सालमा निर्माण भएको हो । जसको सिँचाइ क्षमता ८ हजार ७ सय हेक्टर क्षेत्रफल हो । तर, उक्त नहरको मर्मत सम्भार एवं नहरमा बालुवा थुप्रिँदै जाँदा क्षमताको २० प्रतिशत भूमिमा मात्रै सिँचाइ हुँदै थियो । २०७९ सालमा नवलपरासी १ बाट निर्वाचित भएर आए देखी नहरको समस्या समाधान गर्ने प्रतिबद्धता गरेको बताउँदै उनले भने, मैले नेपाली नहरलाई पूर्ण क्षमतामा सञ्चालन गरी सिँचाइ सुविधा विस्तार  गर्ने प्रतिबद्धता सहित काम अगाडि बढाएँ । नहरमा ३५ करोड लगानी गरी नदिको बालुवा नहरमा जानबाट रोक्ने प्रविधि (डिसिल्ट्रेसन) कार्यान्वयनमा ल्याइएको छ र अब यो नहर पूर्ण क्षमतामा सञ्चालन हुदैछ ।
जसका कारण अब साविकमाभन्दा नहरबाट पाँच गुणा बढी भूमिमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । नेपाली नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाए पछि जिल्लाका किसानको मुहारमा फेरिएको खुसी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको उनले प्रतिक्रिया दिएका थिए । उक्त डिसिल्ट्रेसन परियोजनाको यही जेठ २६ गते सोमवार माननीय उर्जा मन्त्रीज्यूबाट समुद्घाटन हुने कार्यक्रम छ । आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका ठोस उपलब्धि हो उनले थपे , यहाँहरूसमक्ष सेयर गर्न पाउँदा म अत्यन्तै खुसी छु ।
निर्माणाधीन नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सिल्टबेसिन(बालुवा थिग्राउने संरचना) को। निर्माण सुरु गरिएको थियो । संरचना निर्माणमा ढिलाइ हुँदा त्यसको मार स्थानीय किसानले हिउँदे बालीमा भोगेका थिए । पानी प्रवाह भएको थिएन,तर अहिले बर्षे धान खेतीका लागि पानी प्रवाह हुन थालेको छ । जेठ १५ गते देखी नै पानी प्रवाह गरिएको छ । सिल्टले सधै नहर पुरिने अवस्थाको अन्त्य गर्न सिचाई विभागले नहरको मुहानमा सिल्ट बेसिन बनाउन झन्डै ३५ करोडको डिपिआर गरेको थियो । डिपिआर अनुसार सिचाई प्रणालीले ठेक्का आह्वान गरेको थियो । सो ठेक्का भैरव नारायण जेभि नेपालले ३० करोड ४० लाख ४६ हजार ५ सय ६२ रुपियाँमा ठेक्का हात परेको थियो । २०७९ पुस ८ गते सम्झौता भई २०८२ असार ४ गते भित्र सम्पन्न गर्ने कुरा उल्लेख छ ।
नहरको मुहानमा सिल्ट रिजेक्ट गर्ने गरी सिल्टबेसिन (पोखरी) निर्माणका कार्य भई रहेको र पानी प्रवाह गर्दा उक्त निर्माण कार्य रोकिनु पर्ने अवस्थाका कारण हिउँदे बालीलाई किसानले पानी नपाउने ब्यवस्थापन कार्यालयका प्रमुख तिलक बुढाथोकीले बताएका थिए । नहरमा पानी प्रवाह गरियो भन्ने पुनः नहर सुक्न दुई तिन महिना लाग्न सक्ने हुँदा हिउँदे बालीमा पानी रोकेर भए पनि उक्त काम गर्न अग्रसर भएको थियो । अहिले सिल्टबेसिनको काम गर्ने निर्माण कम्पनीको म्याद असार मसान्तसम्म सकेको छ । केही फिनिसिँगका काम बाकी भए पनि मुल काम भने भई सकेको छ ।
संरचनागत सुधान भए पछि भारतिय पक्षलाई पानी छाड्न बेलामै लगाउन सकिने भएको छ । नेपाल गण्डक पश्चिमी नहर प्रणाली कुल ३२ किलोमिटर लम्बाई रहेको छ । मुल नहरबाट विभिन्न शाखा र प्रशाखा नहर मार्फत सिचाई हुने गरेको छ । नहरमा डेढ सय क्युसेक पानी प्रवाह हुने गरी संरचनाहरू बनेका छन् ।
सिल्ट समस्या समाधानका लागि व्यवस्थापन कार्यालयले मुहानमा सिल्ट बेसिनको काम पनि दुई बर्ष देखि निरन्तर भई रहेको छ । चुरे पहाडबाट बग्ने खोलाका पानी ठाँउ ठाँउबाट नहरमा पस्ने भएकोले नहर पुरिने समस्या पनि रहेको छ,बालुवा बालुवा नै रहेको स्थानमा नहरको डिल नै भत्किने अवस्था पनि छ । यस क्षेत्रबाट सांसद चौधरी निर्वाचित भए पश्चात गण्डक नहर,गण्डक क्षेत्रमा डुबान रोक्न गुरुयोजना निर्माण तथा अन्य ठूला पुर्वाधार क्षेत्रमा काम गराउन लागि परेको प्रतापपुर २ सेमरीका भवानी शँकर यादवले बताएका थिए ।
विगत बर्षमा भुमिगत सिचाई प्रति आकर्षित किसान अहिले सतही सिचाई नै स्थाई सिचाईको स्रोत भएको हुँदा नहर सिचाई प्रणालीलाई मजबुत बनाउन आवश्यक रहेकोले व्यवस्थापन कार्यालयले सो काम सम्पन्न गराउनमा लागेको थियो । सतही सिचाई निरन्तर गरी राख्यो भने जमिन रिचार्ज भएर जलभण्डार गरी राख्छ,जुन भुमिगत सिचाई बोरिगँको माध्यमले पानी तानेर सिचाई गर्न सम्भव हुन्छ । भुमिगत सिचाई मात्रै गरिराख्यो भने जमिन मुनिको जलभण्डर घट्दै जाने अवस्था छ । कुनै बेला २० देखी ४० फिटमा पानीको स्रोत भेटिन्थ्यो । तर अहिले त्यही स्रोत घटदै जाँदा १ सय देखी डेढ सय फिट गहिरो बोरिगँ गाड्नु पर्ने अवस्था छ ।
समान्य स्यालो ट्युवेलले प्राप्त हुने पानी अहिले डिप ट्युवेलमा जानु परेको छ । तर कुनै दिन डिप ट्युवेलले पनि पानी दिन छाड्ने अवस्था आउन सक्छ । यसले सिचाई लागत झन बढाउने छ । सतही सिचाईले थोरै लगानीमा पनि सिचाई गर्न सक्ने अवस्था भएकोले अब सरकारले सतही सिचाई मै लगानी बढाउनु पर्ने देखिन्छ । नहर वरि परिका जलासयमा समेत पानी जम्मा गरी राख्ने र नहरमा पानीको अभाव भए लिफ्ट गरेर नहरमा निरन्तर पानी प्रवाह गर्न सक्ने गरी अब नहर प्रणालीले योजना बनाउन आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?