Butwal Today

कांग्रेस–माओवादीबीचको छलफल निष्कर्षबिहीन

२५ जेष्ठ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच संसद् अवरोध हटाउने विषयमा भएको आइतबारको छलफल निष्कर्षबिहीन भएको छ। दिउँसो कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित माओवादी नेताहरूबीच छलफल भए पनि सहमति जुट्न सकेन।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले छोटो प्रतिक्रिया दिँदै भने, “कुरा मिलेन।”

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको संलग्नता रहेको दाबी गर्दै आएका छन् र त्यस विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। तर सत्तारूढ कांग्रेस भने समिति गठनमा तयार देखिएको छैन, जसका कारण संसदको गतिरोध यथावत् रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?