Butwal Today

एमालेमा दास बनाउने प्रवृत्ति बढ्यो: कर्णबहादुर थापा

२५ जेष्ठ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, २५ जेठ ।

नेकपा एमालेमा दासहरू बढेको सो पार्टीका नेता कर्णबहादुर थापाले जनाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहँदै आएका भनिएका नेता थापाले घुमाउरो पारामा त्यसको सङ्केत गरेका हुन् ।

नेपालको राजनीतिक इतिहासमा भीमशेन थापा र जङ्ग बहादुर राणा जति शक्तिशाली मानिस कोही थिएनन् र छैनन् भन्दै उनले लेखेका छन्, ‘यी दुवै व्यक्तिको मृत्यु बारे समेत इतिहासकारका अलग अलग धारणा रहेका छन् ।’

उनले अगाडी लेखेका छन्, ‘सत्ताको भक्तिमा गीत गाउनेहरू हिजो पनि थिए । आज पनि छन् । सत्ताका सबै शक्तिलाई पराजित गरेर लोकतान्त्रिक व्यवस्था स्थापना भएको हो । आफ्नो स्वार्थका लागि  विबेकशुन्य हुनेहरूले अरू विवेकशीलहरूलाई आफ्नो पङ्क्तिमा उभिएन भनेर तथानाम नगरेको राम्रो हुन्छ।’

‘भक्तिभाव गरेर जीवन चलाउनु, पद खानु तर स्वाभिमानी मानिसहरूलाई दास बनाउन बल गरेर समय खेर नफाल्नु । सबै विवेकशील र स्वाभिमानी मानिसहरूको तर्फबाट शालीन निवेदन गर्दछु’ उनले भने । उनी हालै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको औपचारिक भ्रमणमा सँगै गएर फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?