ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि घरजग्गा कारोबारमा बैंक स्टेटमेन्टको झन्झट सकियो

२५ जेष्ठ २०८२, आइतबार
२५ जेष्ठ २०८२, आइतबार

काठमाडौं ।

 प्रधानमन्त्री कार्यालयको निर्देशनपछि हालै घरजग्गा कारोबारमा ल्याइएको कडाइ फिर्ता लिइएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले केही दिनअघि जारी गरेको निर्देशन संशोधन गर्दै बैंक स्टेटमेन्ट र केवाईसी  फाराम अनिवार्य गर्ने प्रावधान हटाएको हो।

देशलाई फाइनान्सियल टास्क फोर्स (एफटीएफ) को ‘ग्रे लिस्ट’ बाट हटाउन र कालोधनको रोकथाम गर्न भन्दै जेठ १४ गतेदेखि जग्गा किनबेचमा नयाँ कडाइ लागू गरिएको थियो। त्यसअनुसार खरिदकर्ता र बिक्रीकर्ताले बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने, केवाईसी फाराम भर्नुपर्ने, र कारोबार रकम बैंक खातामार्फत मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको थियो।

तर यो निर्णय कार्यान्वयनमा आउन नपाउँदै प्रधानमन्त्री कार्यालयको निर्देशनमा विभागले त्यसमा लचकता अपनाएको हो। अब खरिदबिक्री गर्दा स्टेटमेन्ट पेश गर्नु पर्ने छैन, न त अनिवार्य रूपमा केवाईसी फाराम नै भर्नु पर्नेछ।

यससँगै १० लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबार जुनसुकै बैंकिङ माध्यमबाट गर्न सकिनेछ। ५० लाखभन्दा माथिको कारोबारमा भने गुड फर पेमेन्ट चेक, बैंक ग्यारेन्टी, ई-पेमेन्ट, वा नगद जम्मा गरिएको बैंक भौचर प्रस्तुत गर्नुपर्नेछ, जसमा खरिदकर्ता र बिक्रीकर्ताको प्रमाणिकता अनिवार्य गरिनेछ।

त्यस्तै, अघिल्लो निर्देशनमा ३ करोड रुपैयाँभन्दा बढीको कारोबारको विवरण नेपाल राष्ट्र बैंकमा अनिवार्य रूपमा बुझाउनु पर्ने भनिएको थियो, जसलाई अहिले घटाएर १ करोडमा झारिएको छ।

निर्देशनमा आएको अचानक परिवर्तनले कालोधन नियन्त्रणका लागि प्रारम्भिक प्रयासलाई केही कमजोर पारेको टिप्पणी भइरहेका छन्, भने कारोबार सहज बनाउन यसले राहत दिने बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?