Butwal Today

नेपालले स्कटल्याण्डसँगको खेलमा टस हारेर पहिले बलिङ गर्ने

२५ जेष्ठ २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, २५ जेठ ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार स्कटल्याण्डसँगको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

डुनेडीमा पौने ४ बजे सुरु हुने खेलमा स्कटिश कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।

नेपालले यसअघि नेदरल्याण्ड्ससँग खेलेकै टोलीलाई निरन्तरता दिएको छ। शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो।

नेपालको सुरुवाती ११ मा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?