Butwal Today

जुवा तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

२५ जेष्ठ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, २५ जेठ ।

जुवा तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका– ३ सामाखुसी रानीबारी बस्ने ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा सञ्चालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवा तास खेलिरहेको अवस्थामा होटल सञ्चालक डम्बर समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय रुपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।

उता, पोखरा महानगरपालिका–५ प्रस्याङस्थित साथीभाइ खाजा घरमा जुवा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१८ सराङकोट बस्ने ३४ वर्षीय महेश तिमिल्सिनासमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार २ सय ७५ र तास ३ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।