Butwal Today

हाम्रो पुरुषार्थको विशेषाङ्क लोकार्पण कार्यक्रम सम्पन्न

२४ जेष्ठ २०८२, शनिबार
अ+
अ-

बुटवल, २४ जेठ ।

हाम्रो पुरूषार्थ पत्रिकाको ’भारतीय नेपाली साहित्य र साहित्यकार विशेषाङ्क’ लोकार्पण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

हिमालय बुक हाउस बुटबलमा भएको कार्यक्रममा प्रा.डा.बाबुराम ज्ञवालीले पत्रिकाको लोकार्पण गरेका थिए । कार्यक्रममा हिमालय बुक हाउसका संचालक माधव गौतम, प्रा.डा.अनन्त पन्थी, गोपाल पन्थी, तेजनिधी पौडेल, छवि ज्ञवाली, बद्रीनाथ पाण्डे, विन्दु आचार्य, महिमा पन्थी, मधु ज्ञवाली, कृष्ण पाण्डे, चिरन्जीवी ज्ञवाली, कविता पन्थी लगायतले मन्तव्य राखेका थिए ।

हाम्रो पुरुषार्थ ५२ वर्षदेखि गुल्मी तम्घास स्थित किरण पुस्तकालयबाट निरन्तर प्रकाशित हुदै आइरहेको पत्रिका हो । यसका २२ वटा विशेषाङ्क प्रकाशित भइसकेका छन् । पत्रिकाको लोकार्पण गर्दै बाबुराम ज्ञवालीले हाम्रो पुरुषार्थ पत्रिका भाषा र साहित्यको श्रीवृद्धिमा निरन्तर लगिपरेको बताए । उनले यसका अन्य विशेषाङ्क झै यो विशेषाङ्क पनि अध्ययन अनुसन्धान गर्न चाहनेका लागि राम्रो स्रोत रहेको बताए ।

प्रवासमा बसेर नेपाली भाषीहरुका लागि यो सङ्ग्रहणीय ग्रन्थ नै भएको, नेपाली भाषा विकासको लागि भारतीय नेपाली साहित्यकारहरूको महत्वपूर्ण भूमिका रहेको उनले बताए । हाम्रो पुरुषार्थको यो विशेषाङ्क शनिबार बुटवलका साथै काठमाडौं, गुल्मी, दाङबाट पनि लोकार्पण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?