ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

मल लिन सहकारीको शेयर सदस्यता अनिवार्य !

२४ जेष्ठ २०८२, शनिबार
२४ जेष्ठ २०८२, शनिबार

बर्दिया, २४ जेठ । 

बर्दियामा मल पाउनका लागि सहकारीको शेयर सदस्यता अनिवार्य गरेको छ । बढैया ताल गाउँपालिका वडा नम्बर ६ मा रहेको साझा सहकारी संस्थामा रासायनिक मल खरिद गर्न किसानहरूलाई सहकारीको शेयर सदस्यता देखाउन परेको हो ।

जेठ महिनाको अन्तिम आउनै लाग्दा बर्दियाका किसानहरू धानको वियाड छर्दै रासायनिक मल खरिद गर्न दैनिक सहकारी संस्था धाई रहेका छन् । कृषि सामग्री कम्पनीले किसानहरूलाई सिधै विक्री गर्न नमिलेपछि सहकारी मार्फत किसानहरूलाई बिक्री गर्ने प्रावधान ल्याएको थियो तर सहकारीका सञ्चालकहरूले आफ्नो शेयर सदस्यहरूलाई मात्र विक्री गरिरहेका बढैयाताल गाउँपालिका वडा नम्बर ४ का किसान गार्वधन थारुले बताए ।

मल पाउनका लागि बढैयाताल गाउँपालिका वडा नम्बर ६ मा रहेको साझा सहकारी संस्थाले आफ्नो सेयर सदस्यहरूलाई मात्र वितरण गरिरहेको बताए । बिहान ७ बजे देखि लाइनमा बसेको थिए पालो आउँदा सम्म २ बजेको थियो तर सेयर सदस्य नभएको कारणले सहकारी कर्मचारीले मल दिएन । उनले भने, सकारीका कर्मचारीले सेयर सदस्य लिनका लागि ५ हजार ५ सय लिएर आउनुस् अनि सेयर सदस्य लिए पछि मात्र मल पाउने भनेको बताए ।

त्यस्तै बढैयाताल गाउँपालिका वडा नम्बर ६ मै रहेको मैनापोखर साना किसान सहकारी संस्थाले पनि सेयर सदस्य नभएको किसानहरूलाई मल नदिएको वडा नम्बर ६ कै किसान परसुराम थारुले बताए । सदस्य लिनका लागि महिला नै हुनु पर्ने तर मेरो बुहारी समूहमा भए पनि समूह नम्बर थाहा नभएकै कारणले मल नदिई त्यसै फिर्काएका छन् । मेनापोखर सानो किसान सहकारी संस्थामा कार्यरत कर्मचारी माधु थारुको आदेशमा मल नदिएको किसान परसुराम थारुले बताए ।

गत वर्ष पनि मल बिक्री वितरणको क्रममा उनले सदस्य भए पनि नागरिकता नम्बर थाहा नभएकै कारणले धेरै किसानहरूले मल नपाएको किसान थारुले बताए । पालिकाका धेरै सहकारीहरूले आफ्नो बासीका किसानहरूले भागको मल लिएर आएका हुन्छन् तर सेयर सदस्य भएका किसानहरूलाई आवश्यकता भन्दा बढी मल दिन्छन् र सहकारीको सेयर सदस्य नभएको किसानहरू मल विनै धान रोपाई गर्न बाध्य रहेको बढैयाता गाउँपालिका वडा नम्बर ५ का किसान राकेश चौधरीले बताए ।

बढैयाताल एकीकृत सहकारी संस्थाका कर्मचारीले पहिलै सहकारीका सदस्यता नभएकालाई मल नदिने भनेर फर्काउने गरेको बताए । त्यस सहकारीमा मान्छेको मुख हेरी हेरी मल वितरण गर्ने गरेका हुन्छन् । वडा भरीका किसानको भागको मल ल्याएर किसानहरूलाई वितरण नगरेको पछि मल कसरी पुग्ने । उनले भने ।

यता बढैयाताल गाँउपालिमा रहेको आफ्नो वडामा बसोबास गर्ने जोकोहीलाई मल वितरण गर्नु पर्ने बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । सेयर सदस्य भएको नभएको त्यो सँग कुनै किसिमको सरोकार नभएको र कृषि सामग्री कम्पनीसँग आफ्नो सेयर सदस्य नभएर वडाका किसानहरूको सङ्ख्या देखाएर मल पाउने भएकोले सबैलाई मल वितरण गर्नु पर्ने बताए ।

यदि कुनै सहकारीले आफ्नो वडाको मातहतमा रहेको किसानहरूलाई मल वितरण गर्दैन भने त्यो सहकारीलाई कारबाही गर्ने बताए । मल वितरण गर्ने समयमा हरेक वर्ष सहकारीहरूको गुणसो आउने गरेको हुन्छ पालिकाले तिनीहरूलाई कारबाही पनि गरेकै हुन्छ तर हरेक वर्ष सेयर सदस्य नभएका किसानहरूले सस्ती भोग्नु परेको अध्यक्ष त्रिपाठीले बताए ।

कृषि कम्पनीको नियम अनुसार सहकारी मार्फत किसानहरूलाई मल वितरण गर्नु हो । त्यसमा सेयर सदस्य भएको नभएको त्यसको कुनै अर्थ हुँदैन । वडाको किसानले वडामा भएको सहकारीमा गए सहकारीमा मल छ भने उपलब्ध गराउनु पर्ने हुन्छ तर कृषि कम्पनीको नियमको ठिक उल्टो भएको पाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?