© २०२३
नेपालगञ्ज, २४ जेठ । सिक्टा सिचाई आयोजनाको पूर्वी नहरमा डुवेर एकजनाको मृत्यु भएको छ । आज दिउँसो बाँकेको राप्ती सोनारी ३ वैशास्थित सिक्टा सिचाईको पूवी नहरमा पौडी खेल्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका ७ रानी तलाउ नजिकै घर भएका १९ वर्षिय अकमल दर्जीको डुवेर मृत्यु भएको हो ।
दिउँसो ३ बजे अन्य दुई जना साथि सँग नहरमा पौडी खेल्न पसेका दर्जी एक्कासी डुवेको खबर पाए लगत्तै प्रहरी चौकी अगैया र ईलाका प्रहरी कार्यलय धामपुरको टोली घटना स्थलमा पुगेर दजीको खोजी गरेको थियो । स्थानीय युवाको सहयोगमा प्रहरी टोलीले करिव डेढ घण्टापछि मृत अवस्थामा फेटीकएको दर्जीको शव बाहिर निकालेका थियो ।
मृतक दर्जीको शव परिवारिवार सम्पर्कमा आएपछि पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाईएको ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी ईन्चार्ज राजेन्द्र बस्नेतले जानकारी दिए ।