ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

राप्ती गाउँपालिका शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट पालिकाको रूपमा सम्मानित

२४ जेष्ठ २०८२, शनिबार
२४ जेष्ठ २०८२, शनिबार

लमही, २४ जेठ।

दाङको राप्ती गाउँपालिका शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मानित भएको छ। सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (प्यान) ले शिक्षा क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका आधारमा राप्तीलाई सम्मान प्रदान गरेको हो।

प्यानले उत्कृष्ट पालिका, विद्यालय तथा प्रधानाध्यापकहरूलाई पुरस्कृत गर्न गठन गरेको मूल्यांकन समितिको सिफारिसमा राप्ती गाउँपालिकालाई लुम्बिनी प्रदेशको उत्कृष्ट पालिकाको रूपमा छनोट गरिएको हो।

संस्थाले शुक्रबार पोखरामा आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा आयोजित भव्य समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र प्यानका अध्यक्ष सुदाम प्रसाद गौतमले राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष पहलवान चौधरी, वडा नं. ६ का वडाध्यक्ष दीपक कुमार चौधरी तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकलाई संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए।

उक्त समारोहमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका पनि लुम्बिनी प्रदेशकै उत्कृष्ट नगरपालिकाको रूपमा सम्मानित भएको छ।

प्यानले सातै प्रदेशबाट एक–एक उत्कृष्ट गाउँपालिका, नगरपालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गरेको हो। मूल्यांकनका क्रममा शिक्षा सुधारमा गरिएको लगानी, सबैका लागि शिक्षाको पहुँच, दीर्घकालीन योजना, स्थानीय पाठ्यक्रम विकास, प्राविधिक शिक्षा, सुशासन र असल अभ्यासजस्ता मापदण्डलाई आधार बनाइएको अध्यक्ष गौतमले जानकारी दिए

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्राप्त सम्मानप्रति खुशी व्यक्त गर्दै शिक्षा क्षेत्रको समग्र सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै आएको बताए।

“हामीले शिक्षालाई खर्च होइन, लगानीको रूपमा लिएका छौं,” उनले भने, “आधारभूत पूर्वाधारदेखि गुणस्तरीय सिकाइ वातावरण निर्माणसम्म, सबै पक्षमा योजना अनुसार अघि बढिरहेका छौं।”

उहाँका अनुसार गाउँपालिकाले शिक्षक अभिमुखीकरण, विद्यार्थी अभिप्रेरणा, विद्यालय व्यवस्थापन सुधार, सूचना प्रविधिको प्रयोग र स्थानीय पाठ्यक्रम विकासजस्ता क्षेत्रमा विशेष प्राथमिकता दिएको छ।

“शिक्षामा लगानीको प्रतिफल तत्काल देखिँदैन, तर दीर्घकालीन रूपमा यसले सक्षम पुस्ता निर्माण गर्छ, जसले देशलाई परिवर्तन गर्न सक्छ,” उनले भने।

अध्यक्ष विष्टले पालिकालाई यो सम्मान दिलाउनमा विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी तथा जनप्रतिनिधिहरूको साझा प्रयास रहेको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?