ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

मकैमा फौजी किराको आक्रमण

वाली उत्पादनको हिसावले पहाडी जिल्ला भएकाले मकै यहाँको मुख्य बाली हो । यहाँ उत्पादन भएको उन्नत जातको बिउ ठुलो परिमाणमा अन्य जिल्लामा निर्यात भएको छ । मकैमा गभारो लागे पनि स्थानीय सरकार बेखवर रहेको छ ।
२४ जेष्ठ २०८२, शनिबार
२४ जेष्ठ २०८२, शनिबार

पाल्पा, २४ जेठ ।

रिब्दीकोट गाउँपालिका खस्यौलीका सन्तोष घर्ती बारीमा लगाएको मकैका बोट फौजी किराले सखापै बनाउन लागेकोमा चिन्तित छन् । बोटमा दाना लागेपछि वन्यजन्तुले सखापै बनाउने बारीको मकै बोटलाई सानो छँदा नै अमेरिकी फौजी किराले सखापै बनाउन लागेपछि आफ्नो मेहनत र परिश्रम खेर जाने मात्र होइन वर्षभरी खाने अन्नको समस्या हुन लागेकोमा चिन्तित भएका छन् ।

सन्तोष कार्कीलाई मात्र यो समस्याले सताएको होइन, उनी जस्तै बगनासकाली गाउँपालिका पोखराथोकका बोमबहादुर कुमाल पनि सात रोपनी क्षेत्रफलमा लगाएको मकै एक दुई रातमै अमेरकी फौजी किराले सखापै बनाएकोमा टाउको समाउने बनाएको उनले बताए ।

दिनको समयमा मकै बोटमा केही नदेखिने रातकोे समयमा एकाएक किराले मकैको मुख्य भाग गुवो नै आक्रमण गर्ने र बोट सुक्दै जाने गरेको कृषकहरु बताउँछन् । जिल्लाको साना, ठुला फाँटहरुमा लगाइएको मकै बोटमा पनि गवारो लागेको देखिएको छ ।

खेतमा लगाइएको मकैमा गभारो र बारीमा लगाइएको मकैमा फैजी किराले गर्दा यस वर्ष उत्पादनमा ह्रास आउने वगनासकाली गाउँपालिका पोखराथोककी अगुवा कृषक सिता गैरे बताउँछिन् । “खेती गर्ने कृषकको कहिल्यै पनि सुख हुँदैन भनेको यही रहेछ, जब बोटमा दाना लागेर खाने बेला हन्छ, वन्यजन्तुले सताउन थाल्छ । बारीको पाटा भरी लगाएको मकै स्याहार्ने समय सम्म चार भागमा एक भाग मात्र रहन्छ”–उनले भनिन् । त्यसैमाथि सानो बिरुवामै अमेरिकी फौजी किराले नोक्सान गरिदिंदा निम्नवर्गीय किसानलाई निकै समस्या परेको उनले बताइन् ।

वाली उत्पादनको हिसावले पहाडी जिल्ला भएकाले मकै यहाँको मुख्य बाली हो । यहाँ उत्पादन भएको उन्नत जातको बिउ ठुलो परिमाणमा अन्य जिल्लामा निर्यात भएको छ । मकैमा गभारो लागे पनि स्थानीय सरकार बेखवर रहेको छ । अहिले अमेरिकी फौजी किराले पुरै मकै बिरुवा सखापै बनाउँदा सम्म स्थानीय सरकार र तिनका कृषि प्राविधिक समेत अनभिज्ञ रहेको निस्दी गाउँपालिका गल्घाका सन्तविर सारु बताउँछन् ।

यो किरा फौज तथा सेना जस्ता गरी ठुलो संख्यामा बथान आएका कारण यसलाई फौजी किरा भनिएको हो । यो अमेरिकामा उत्पत्ति भई अफ्रीका, भारत हुँदै नेपाल भित्रिएको हो । यो किरालाई यतिबेला यहाँको मौसम अत्यन्तै उपयोगी भएको छ । यो किरा विगत केही वर्ष यता देखिन लागेको कृषि प्राविधिकहरु बताउँछन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख अरविन्द मणी त्रिपाठीका अनुसार यो प्रजातिका किरा दिनमा सुशुप्त हुने र जब सुर्यास्तपछि भोलि बिहान सुर्योदय अगाडि सम्म कृयाशिल हुने किरा हो । यसले हरियो मकैको गुवो नै खाने गर्दछ । यो किरा नियन्त्रण भनेको आकासबाट पानी आएपछि मात्र हो । खेतमा छरिएको मकैमा गभारोको समस्या भनेको कम पानी पर्नु हो । किरा नियन्त्रणको लागि कृषकहरुलाई विषादी प्रयोगका लागि सिफारीस गरिएको छ । यस वर्ष जिल्लामा २० हजार हेक्टर क्षेत्रफल बारीमा मकै खेती गरिएको छ भने खेतमा तीन हजार भन्दा बढी क्षेत्रफलमा मकै खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?