Butwal Today

टेवलटेनिस खेलाडीहरुको विदाई

२४ जेष्ठ २०८२, शनिबार
अ+
अ-

बुटवल, २४ जेठ । काठमाण्डौमा हुन गैरहेको चौध वर्ष मुनीका यु–१४ विद्यालय खेलकुद प्रतियोगितामा छनौट भएका टेबल टेनिसका खेलाडीहरुलाई बुटवलमा एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ । लुम्बिनी प्रदेश टेवल टेनिस संघको आयोजनामा भएको विदाई कार्यक्रममा प्रदेशबाट छनौट भएका ६ जना खेलाडीलाई जर्सी प्रदान गर्दै बिदाई गरिएको हो ।

खेलाडीहरुलाई बुटवल उपमहानगरपालिका वडा नं.६ का अध्यक्ष लोकनाथ न्यौपाने, लुम्बिनी प्रदेश टेवल टेनिस संघका अध्यक्ष विकास बहादुर सिंह, सल्लाहाकार कृष्णकुमार श्रेष्ठ, रुपन्देही जिल्ला अध्यक्ष नरबहादुर क्षेत्री, नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, संघका प्रदेश सचिव रमेश न्यौपानेले टिका, खादा र टिर्सट प्रदान गर्दै खेलाडीहरुलाई विदाई गरे ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै छात्रतर्फ सुविन क्षेत्री, सुविन थापा र सुभभ न्यौपाने तथा छात्रातर्फ सोनाम गुरुङ, आयना शाह र परिनिता गिरी सहभागी हुदैछन् । यी खेलाडीहरुले सिंग्गल र डबल विधामा प्रतिष्पर्धा गर्ने छन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं। ६ का अध्यक्ष लोकनाथ न्यौपाने प्रतियोगितामा सहभागीता जनाउदा जित्ने मात्र नभएर सिक्ने कुरामा पनि ध्यान दिन आग्रह गर्दै अभिभावकहरुलाई आफ्ना वच्चालाई खेल खेल्ने प्रेरित गर्न सुझाव दिए। कार्यक्रम सघका सचिव रमेश न्यौपानेले टेबलटेनिस खेलमा प्रदेश उत्कृष्ट हुनेमा आशाबादी रहेको बताए ।
काठमाण्डौमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने यु–१४ विद्यालय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशबाट विभिन्न विधाका ७८ खेलाडी छनौट भएका छन् । प्रतियोगितामा चौध वर्ष मुनीका विद्यार्थीहरुले ब्याटमिन्टन, टेवलटेनिस, बास्केटवल, एथलेटिक्स, रग्बी र क्रिकेटमा सहभागीता जनाउने छन्।

लुम्बिनीबाट एथलेटिक्सतर्फ छात्र रिले र लङजम्पमा ११ जना, टेवलटेनिसमा ६ जना, बास्केटबलबाट ९ जना, रग्वीमा २६ जना, ब्याटमिन्टनमा ७ जना, क्रिकेटमा १६ जना खेलाडी र टोलीनेता, उपनेता गरि ७८ जना छनौट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?