ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

जनप्रतिनिधि महिलाको लोभलाग्दो अर्ग्यानिक खेती

२४ जेष्ठ २०८२, शनिबार
२४ जेष्ठ २०८२, शनिबार

लमही , २४ जेठ ।

राप्ती गाउँपालिकाकी कार्यपालिका सदस्य सावित्री चौधरी अर्ग्यानिक तरकारी खेतीमा सक्रिय छिन। केही समय अघिसम्म केवल राजनीतिक चासोमा सीमित देखिएकी चौधरी अहिले ६ कट्ठा जमिनमा विषादीरहित तरकारी उत्पादन गरेर समाजमा सकारात्मक सन्देश दिएकी हुन् ।

“पहिला पैसाका लागि खेती गरिन्थ्यो, अब जनताको स्वास्थ्यका लागि गरिरहेकी छु,” चौधरी भन्छिन्। करेला, बोडी र भिन्डीबाट सुरु भएको उनको अर्ग्यानिक खेतीले हाल आत्मनिर्भरता र वातावरणीय सन्तुलनमा योगदान दिन थालेको छ ।

रासायनिक मल र विषादी प्रयोग नगरी प्राङ्गारिक मल र गडौला मल प्रयोग गरेपछि राम्रो उत्पादनले उनलाई उत्साहित बनाएको छ। कीराको समस्यामा पनि रासायनिक विकल्प छाडेर जैविक विषादीमा विश्वास गर्नुभएकी उनि भन्छिन्, “बोट पनि बच्यो, वातावरण पनि। सन्तुलनको यही दृष्टिकोण चाहिन्छ ।”

तर बजारमा अर्ग्यानिक तरकारीको मूल्य सम्हाल्न भने सहज नभएको अनुभव उनले बताइन। “रासायनिक तरकारीजस्तै मूल्यमा बेच्नुप¥यो, पीडा त भयो,” उनले गुनासो गरिन् ।

बजारको चुनौतीबिच पनि सावित्रीले हार मानिन। उत्पादन बढाउने र सहकारीमार्फत अरू कृषकलाई अर्ग्यानिक खेतीतर्फ उन्मुख गराउने योजना बनाएकी छिन्। “हामी जनप्रतिनिधिले प्रमाणित गर्नुपर्छ—सफा खाना आफ्नै गाउँमै उत्पादन सम्भव छ,” उनको अठोट छ ।

सावित्रीको यो यात्रा न त केवल खेतीको अभ्यास हो, न त केवल नेतृत्वको दायित्व—यो माटोसँगको सम्बन्ध, समाजप्रतिको समर्पण र भविष्यप्रतिको उत्तरदायित्वको सशक्त मिसाल हो ।

“पहिला लाग्थ्यो, योजना पास गर्नु नै नेतृत्व हो। अहिले लाग्छ, खेतमा पस्नु पनि नेतृत्व हो,” चौधरीको भनाइमा जिम्मेवारी र सेवाको गहिरो अर्थ समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?