© २०२३
बुटवल, २४ जेठ ।
बुटवल हस्पिटल लाइनमा छाला, यौन रोग सम्वन्धी आरोग्य स्पर्श क्लिनिक संचालनमा आएको छ । एकै स्थानमा छाला, यौन रोग तथा स्त्रीरोग विशेषज्ञ सेवा सहितको आरोग्य स्पर्श क्लिनीक शनिबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो ।
बुटवल क्षेत्रका चार जना डाक्टर तथा स्वास्थ्यकर्मीहरुको एक करोडकको लगानीमा शनिबारदेखि क्लिनीक संचालनमा आएको हो । क्लिनिकको पन्चकन्याले रिवन काटेर शुभारम्भ गरेका हुन् ।
क्लिनिक शुभारम्भ कार्यक्रममा बरिष्ठ छाला, यौन रोग तथा कुष्ठरोग विशेषज्ञ डाक्टर मनोज सापकोटाले क्लिनिकबाट आधुनिक प्रविधि, विशेषज्ञ डाक्टरहरुको टोली र ब्यक्तिगत हेरचाहद्वारा गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गरिने बताए । उनका अनुसार बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर विन्दु खरेल र बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर शीला ढकालले पनि सेवा दिने छन् ।
क्लिनिकबाट छाला, यौन रोग तथा बस्मेटिक लेजर विशेषज्ञ सेवा, छालाका समस्याको विस्तृत डिजिटल परीक्षण, लेजर प्रयोग गरी छालाको दाग, छालामा दादलगायतका समस्याको पहिचान र समाधान, छाला तथा ट्याटुको दाग हटाउने, कपाल प्रत्यारोपण गर्ने, कपालको स्वास्थ्यका लागि जिएफसी थेरापी, छाला समस्याको परामर्शका लागि डर्मेटोलोजी सेवा, निसन्तान दम्पत्तीका लागि उचित परामर्श र उपचार सेवा लगायतका सेवा क्लिनिकमा उपलब्ध भएको डा. विन्दु खरेलले जानकारी दिइन् ।
क्लिनिक शुभारम्भको अवसरमा शनिबारदेखि तीन दिन बिरामीका लागि निःशुल्क परामर्श सेवा र केही उपचारमा विशेष छुटको ब्यवस्था समेत गरिएको क्लिनिका संचालक विवेक खरालले जानकारी दिए ।