Butwal Today

सहमतिपछि वीरेन्द्रनगरमा थुप्रिएको फोहोर उठ्यो

२३ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

सुर्खेत,२३ जेठ ।  

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा थुप्रिएको फोहोर सहमतिपछि उठेको छ । विवादका कारण पाँच दिनदेखि उठ्न नसकेको फोहोर शुक्रवारदेखि उठेको छ । बस्ती नजिकै फालिएको फोहोरले स्वास्थ्यमा असर पारेको भन्दै स्थानीयहरूले फोहोर फाल्न दिएका थिएनन् ।

वीरेन्द्रनगर नगरपालिका –१ का स्थानीयहरूले विभिन्न माग राखेर फोहोरको गाडी ल्याण्डफिल्ड साइटमा प्रवेशमा रोक लगाएका हुन् । स्थानीय प्रभावितहरूले उठाएका मागहरू वडा समिति मार्फत कार्यपालिका हुँदै नगर सभाबाट २०८२/९८३ मौ कार्यान्वयन हुने जनाइएको छ ।

वडाका मागहरू वडाबाट कार्यपालिका हुँदै नगर भेला मार्फत सम्बोधन गर्ने लिखित सहमतिपछि फोहोरका गाडी चल्न थालेको सङ्घर्ष समितिका संयोजक बलभद्र पुरीले जानकारी दिए  ।
बस्तीमा धुवा र  झिँगा पुग्ने र स्वास्थ्यमा समस्या आएका कारण स्थानीयहरू आन्दोलनमा उत्रिएका हुन् ।

बेलुकातिर बस्तीमा बस्नै नसकिने गरी गन्ध जाने र नजिकैको मुहानमा पानी खानै नसकिने अवस्था रहेको स्थानीयहरू बताउँछन् । डम्पिङ साइडका कारण नागरिकहरू बढी प्रभावित भएपछि बलभद्र पुरीको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रमहरु अगाडी बढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?