© 2026
लमही ,२३ जेठ ।
प्रदेशस्तरीय एकीकृत अभ्यास ‘हातेमालो लमहीको मध्यनगरमा शुक्रवार सम्पन्न भएको छ ।
’सबैभन्दा बढी जोखिममा लुम्बिनी प्रदेश
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सार्वजनिक ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, ०८२’ अनुसार यस वर्ष लुम्बिनी प्रदेशमा सबैभन्दा बढी असर पर्ने प्रक्षेपण गरिएको छ। त्यस कारण पनि प्रदेश सरकार र गैरसरकारी संस्थाहरु सम्युक्त रूपमा तयारीमा लागेका छन् । हातेमालो कार्यक्रममा तिन वटै सुरक्षा निकायले विपत्तिबाट कसरी क्षति कम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ राप्ती नदीमा कृत्रिम उद्धार गर्दै विपत्तिमा प्रयोगमा आउने सामाग्री समेत प्रदर्शन गरेका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दैलुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारीमा जुट्न सबै सरोकारवालालाई आह्वान गरेका छन्।
मध्यनगरमा आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास ‘हातेमालो–७’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विपद्का सम्भावित जोखिमलाई न्यून गर्न पूर्व तयारीलाई उच्च प्राथमिकतामा राखेको बताए।
“कुनै पनि विपद् पूर्व जानकारी दिएर आउँदैन, त्यसैले हामी जहिल्यै तयारी अवस्थामा रहनुपर्छ,” उनले भने, “अहिले गरिने तयारीले विपद्बाट हुने क्षतिलाई घटाउँछ र मानिसको जीवन जोगाउन मद्दत पुर्याउँछ।”
मुख्यमन्त्री आचार्यले खोज तथा उद्धारका लागि आवश्यक सामग्रीको अभाव हुन नदिन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। स्थानीय स्रोत साधनको उपयोग गर्दै आधुनिक उपकरणको व्यवस्थापनमा सरकार गम्भीर रहेको र तीन वटै सुरक्षा निकायलाई खोज तथा उद्धार सामग्री उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए।
उनले स्थानीय तह र समुदायसँग सहकार्य गरेर विपद् प्रतिकार्यलाई अझ प्रभावकारी बनाउन सकिने बताउँदै “समुदायको सक्रिय सहभागिता निर्णायक हुन्छ” भन्ने धारणा राखे।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सार्वजनिक ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, ०८२’ अनुसार यस वर्ष लुम्बिनी प्रदेशमा सबैभन्दा बढी असर पर्ने प्रक्षेपण गरिएको छ। अनुमान अनुसार, १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसङ्ख्या प्रभावित हुने सम्भावना रहेको छ।
अन्तिम १० वर्षको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा १,६१८ वटा मनसुनजन्य विपद् घटनाहरूमा ४५९ जनाको मृत्यु, ६१९ जना घाइते र ३२ जना बेपत्ता भएका छन्। ८,३१५ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन गंगाधर पाण्डेका अनुसार, सबैभन्दा बढी घटना २०८० सालमा ९२९२ वटा० र सबैभन्दा धेरै मानवीय क्षति २०७३ सालमा ९१०७ जनाको मृत्यु० भएको थियो।
‘हातेमालो–७’ अभ्यासमा सुरक्षाकर्मीको सक्रियता
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ‘हातेमालो–७’ अभ्यासमार्फत विपद्को बेलामा अपनाइने खोज तथा उद्धार प्रक्रिया व्यवहारिक रूपमा प्रदर्शन गरेका थिए। साथै, सुरक्षाकर्मी तथा रेडक्रसकर्मीहरूले प्राथमिक उपचार तथा उद्धारमा प्रयोग हुने सामग्रीहरू प्रदर्शनीसहित जानकारी दिएका थिए।
साझा प्रयासमा मात्र सम्भव विपद् न्यूनीकरण
लमही नगर प्रमुख जोगराज चौधरीले विपद् प्रतिकार्यमा तीन वटै सुरक्षा निकायको सहयोग प्रभावकारी रहेको भन्दै सहकार्यको महत्त्व दोहोराए।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, नेपाली सेना मध्यपश्चिम पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, सुरक्षा निकायका उच्च अधिकारीहरू, जनप्रतिनिधि, रेडक्रसकर्मी, शिक्षक, विद्यार्थी र समुदायका नागरिकहरूको उपस्थिति थियो।