© २०२३
गाजा, २३ जेठ ।
गाजामा जारी इजरायली नरसंहारको सुरुवातदेखि २ सय २५ पत्रकार मारिएका छन् ।गाजाको सरकारी मिडिया कार्यालयले गाजा सहरको ब्याप्टिस्ट अस्पतालमा तीन पत्रकारको क्रूर हत्या पछि यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
गत साता तीन पत्रकार सुलेमान हज्जाज, इस्माइल बडाह र समीर अल रिफाई इजरायली हमलामा मारिएका थिए ।
३१ मे २०२५ मा इजरायलले गाजाका बारेमा दुनियाँलाई सत्य बताउनेहरूलाई व्यवस्थित रूपमा लक्षित गर्दै राष्ट्रिय समाचार एजेन्सीको लागि काम गर्ने पत्रकार युसेफ अल नखालाको पनि हत्या गरेको जनाएको छ ।