Butwal Today

आज सुन स्थिर, चाँदीको भाउमा वृद्धि

२३ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको मूल्यमा भने वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन हिजोकै दर अर्थात् तोलाको रु. १,९३,७०० मा कारोबार भइरहेको छ।

तर चाँदीको मूल्य भने आज ७५ रुपैयाँले बढेर तोलाको रु. २,१५० पुगेको छ। हिजो चाँदीको भाउ तोलाको रु. २,०७५ थियो।

सुन स्थिर रहँदा चाँदीको मूल्यमा आएको यो वृद्धिले बजारमा थोरै हलचल ल्याएको देखिन्छ। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग आपूर्तिको सन्तुलनले मूल्यमा यस्तो परिवर्तन देखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?