ट्रेंडिंग:

>> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

सञ्चारगृहमा लैंगिक समानता सुनिश्चित गर्न सञ्चारिका समूहको जोड

२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

बुटवल —

संचार क्षेत्रभित्र लैंगिक र सामाजिक समावेशीकरणको अभाव रहँदै आएको सन्दर्भमा, संचारिका समूह नेपालले सबै संचारगृहहरूमा स्पष्ट र प्रभावकारी लैंगिक नीति बनाउन आग्रह गरेको छ।

बुधबार बुटवलमा आयोजित अन्तरसंवाद कार्यक्रममा समूहले संचारगृहलाई लैंगिक समानता, सामाजिक न्याय र सबै लिङ्ग, जाति तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्यो।

सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीले संचारगृहमा लैंगिकमैत्री नीति बनाउनु महिलामात्रका लागि नभई पुरुष, तेस्रो लिंगी तथा विविध सामाजिक पृष्ठभूमिका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यम भएको बताइन्। कार्यक्रममा सहभागी संचार अभियन्ता, सम्पादक, पत्रकार महासंघका प्रतिनिधि र संचारसम्बद्ध संघसंस्थाका व्यक्तिहरूले समेत संचार क्षेत्रमा लैंगिक समावेशिता संस्थागत गर्न नीतिगत पहल आवश्यक रहेकोमा सहमति जनाए।

लुम्बिनी संचार समन्वय परिषद्का अध्यक्ष मिलन गाहले संविधानको मर्म अनुसार संचारगृहहरूले लैंगिक समानता कार्यान्वयन गर्नुपर्ने बताए। अर्का संचारकर्मी नवराज कुँवरले व्यवहारमा लैंगिकमैत्री प्रयास गरिए पनि औपचारिक नीति नहुनु कमजोरी भएको स्वीकार गरे।

कार्यक्रममा महिला पत्रकारहरू माया केसी, उर्मिला यादव, डोल्मा चौधरी, निरा गौतमलगायतले मिडियामा भोगेका लैंगिक असमानता, कार्यस्थलमा चुनौती र सकारात्मक प्रयासबारे अनुभव साझा गरे। प्रतिष्ठा थापाले संचारगृहमा भौतिक पूर्वाधार, सामग्री निर्माण प्रक्रिया र कार्य वातावरण तीनै तहमा समावेशीता कायम भएमा यसको दीर्घकालीन लाभ संचारमाध्यमलाई नै हुने उल्लेख गरिन्।

संचारिका समूहले पत्रकार महिलाको सुरक्षा, समान तलब, मातृत्व विदा, जोखिम व्यवस्थापनका संयन्त्र स्थापना, पत्रकार महिलाको पेशागत स्थायित्व, तथा सरकारी नियुक्तिमा प्राथमिकता सुनिश्चित गर्नुपर्ने माग राख्दै नीति निर्माणका लागि निरन्तर पैरवी गरिरहेको जानकारी गराइएको छ। यसले संचार क्षेत्रमा मात्र होइन, समग्र समाजमा लैंगिक समानता र समावेशीताको जग मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?