ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा एकजना मलामीको मृत्यु, ८ जना घाइते >> लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा बन्द हुने, २४ करोड ७१ लाख भुक्तानी बाँकी >> एसईई परीक्षा चैत १९ देखि २९ गते सञ्चालन हुने >> माधव नेपालविरुद्ध उजुरी >> लुम्बिनी प्रदेशमा ५६ महिला उम्मेदवारको मनोनयन दर्ता >> मनोनयन दर्ताको पहिलो दिन उम्मेदवारविरुद्ध केवल ५ उजुरी दर्ता >> डा. कृष्ण पौडेल स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा नियुक्त >> सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामा १ खर्ब ३२ अर्ब बढ्यो >> नेप्से परिसूचकमा सामान्य करेक्सन, बुधबार ९.४३ अंकले घट्यो >> अमेरिकाले फेरि ८० नेपाली नागरिक डिपोर्ट गर्यो >> मौसमविद्हरूको अनुमान: शुक्रबारदेखि वर्षा र चिसो बढ्ने >> निर्वाचनको बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने अनुमान >> जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास >> निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि ‘कल सेन्टर’ स्थापना गर्‍यो >> निर्वाचनमा ‘राइट टु रिजेक्ट’ मुद्दाः सर्वोच्च अदालतले माग्यो आयोगसँग लिखित जवाफ >> दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डकसुलाई २३ वर्ष जेल सजाय >> उज्यालो नेपाल पार्टीले सार्वजनिक गर्‍यो १२० उम्मेदवारको नामावली >> बर्दघाट एक्सपोको तयारी तीव्र >> २ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि >> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर

वातावरण र सरसफाइ दिवसमा विविध कार्यक्रम

२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

बर्दघाट, २२ जेष्ठ ।

राष्ट्रिय सरसफाइ सप्ताह २०८२ तथा विश्व वातावरण दिवसको अवसरमा सुरक्षित सरसफाइमा समावेशिता हाम्रो प्रतिबद्धता, प्लास्टिक प्रदूषण न्यूनीकरण हाम्रो दायित्व भन्ने मूल नारासहित २६ औँ सरसफाइ दिवस र विश्व वातावरण दिवस बर्दघाटमा मनाइएको छ । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको को आयोजनामा विभिन्न सरोकारवालाहरूसँग अन्तरक्रिया र  वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा वातावरण संरक्षणमा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख र संस्थाका पूर्व अध्यक्ष धिरज शर्मा बस्यालले जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जस्ता विपद् आउने क्रम बढिरहेको बताउँदै वातावरण संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।

वृक्ष रोपेर मात्र पुग्दैन, रोपिएका बिरुवाहरूको संरक्षण पनि अनिवार्य छ, यस्तै सरसफाइको क्षेत्रमा पनि हरेक घर र व्यक्तिले मेरो क्षेत्रमा फोहोर गर्नु हुँदैन सफाइ म बाटै सुरु गर्नु पर्छ भन्ने दृढ सँकल्प गरेमा सरसफाइ स्वतः हुन्छ  बस्यालले भने । नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले वातावरण संरक्षणका कार्यहरू व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउँदै, बर्दघाट नगरपालिकाले भौतिक योजना बजेटको दुई प्रतिशत रकम वातावरण संरक्षणमा विनियोजन गर्ने योजना अघि सारेको जानकारी दिए ।

कार्यक्रममा बर्दघाट–४ का वडा अध्यक्ष बेदबिना तिवारीले वातावरणको शंरक्षणका लागी वृक्षारोपण गर्दै सिमसार क्षेत्रको विकास एव बिस्तार गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै कार्यपालिका सदस्य गोबिन्द वि क र मन्जु चालिसे, संस्थाका निवर्तमान अध्यक्ष धातानन्द बस्याल, पूर्व अध्यक्ष सिद्धिबिलास हमाल, जिल्ला खानेपानी महासङ्घका जिल्ला अध्यक्ष देवीदत्त सापकोटा, पारिजात सामुदायिक वनका उपाध्यक्ष राजबहादुर पाण्डे, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतम, र बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालले समेत आफ्ना धारणा राख्दै वातावरण संरक्षणमा सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष कमल थापाले जलवायु परिवर्तनका असरहरू गम्भीर बन्दै गएको उल्लेख गर्दै हिमताल फुट्ने घटनाले ठुलो विपद् निम्त्याउन सक्ने खतरा औँल्याएका थिए । संस्थाका अध्यक्ष दिपक लम्सालले वातावरणको शंरक्षणका लागि  बर्दघाट खाने पानीले सप्ताह व्यापी कार्यक्रम गरेको उल्लेख गरेका थिए ।

संस्थाले नियमित रूपमा वृक्षारोपण र सरसफाइका कार्यक्रम गर्दै आएको र रोपिएका बिरुवा हुर्काए मात्र कार्यक्रमले सार्थकता पाउने संस्थाका सचिव शोभाकान्त कोइरालाले बताए । संस्थाले वातावरण दिवसको अवसर पारेर  खानेपानी कार्यालय परिसरमा विभिन्न प्रजातिका करिब ७० बिरुवा रोपिएको र सप्ताहव्यापी कार्यक्रम अन्तरगत मुहान सरसफाइ र थप क्षेत्रमा वृक्षारोपण कार्यक्रम समेत राखिएको  व्यवस्थापक विष्णु कुमार भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?