ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

‘छुवाछुत गर्नेलाई कारबाही गर्छौँ’ 

२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

बुटवल, २२ जेठ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाको आयोजना एवम् रेडियो जागरण ९३.६ मेगाहर्जको समन्वयमा बुधबार गरिएको अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘तिलोत्तमाभित्र कसैले पनि जातको आधारमा छुवाछुत गरेको पाइए कानुन अनुसार कारबाही हुन्छ’ नगरप्रमुख खाँणले भने । उनले जातीय भेदभाव वा छुवाछुत भएको अवस्थामा नगरपालिकालाई जानकारी गराउन समेत आग्रह गरे ।
आफूहरू तिलोत्तमा नगरभित्र कुनै पनि प्रकारको भेदभाव नहोस् भन्ने उद्देश्यका साथ काम गरिरहेको बताए । भेदभाव र छुवाछुत अन्त्यका लागि तिलोत्तमा नगरपालिकाले दलित ज्ञान उत्सव गरेर राष्ट्रिय स्तरमा बहस गरेको समेत उनले बताए । ‘दलित र गैर दलित समुदाय राष्ट्रिय स्तरको नेताहरूलाई सहभागी गराएर कार्यक्रम गरेका छौँ’ नगरप्रमुख खाँणले भने ।

उनले नगरपालिकाले पेसालाई मर्यादित, आधुनिकीकरण गर्न समेत नगरपालिकाले लगानी गरिरहेको बताए ।
यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले जातीय भेदभाव विरुद्ध समुदाय स्तरमै सचेतना जगाउनुपर्नेमा जोड दिइन । उनले कानुनी रूपमा छुवाछुत अन्त्य भएको भए पनि व्यवहारमा अन्त्य गर्न लाग्नुपर्ने बताए । उपप्रमुख चौधरीले दलित समुदायको परम्परागत सिपलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताए । यसै गरी अन्तर संवाद कार्यक्रममा तिलोत्तमा क्षेत्रका राजनीतिक पार्टीहरूका तर्फबाट नेपाली काँग्रेस नगर सभापति हरिलाल पाण्डेय, नेकपा एमाले नगर अध्यक्ष मिनप्रसाद पोख्रेल, नेकपा एकीकृत समाजवादी नगरअध्यक्ष रामचन्द्र भट्टराई, जनमुक्ति पार्टीका नगरउपाध्यक्ष प्रेम कनौजेले बोल्दै जातीय छुवाछुत पूर्ण अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् कार्यपालिका सदस्य रवि सेन्चुरीले पहिलो चरणमा आफूहरू अध्ययन अनुसन्धानमा लागेको बताउँदै नीतिगत र कार्यक्रमका हिसाबले दलित समुदायको क्षेत्रमा काम भइरहेको बताए । उनले तिलोत्तमा दलित ज्ञान उत्सवदेखि दलित समुदायको रणनीतिक विकास योजना र पार्श्वचित्र प्रकाशन गरिएको प्रस्तुति राखे । यस्तै अन्तर संवादमा पत्रकार विनोद परियारले कार्यपत्र प्रस्तुत गर्दै सहरी क्षेत्रमा नयाँ रूपमा जातीय भेदभाव र छुवाछुत हुने गरेको बताए । उनले तिलोत्तमाले स्थानीय सरकारको हिसाबले दलित समुदायको क्षमता विकास, सिप विकास र राष्ट्रिय स्तरमा बहसको थालनी गर्नु सकारात्मक रहेको बताए । कार्यक्रममा दलित संयुक्त सङ्घर्ष समिति रुपन्देहीका संयोजक हरिओम विश्वकर्माले संविधानमा दलित अधिकार लेखिए पनि छुवाछुत अन्त्य हुन नसकेको बताउँदै धर्म नै प्रमुख कारण रहेको बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एवम् सुशासन समितिका संयोजक राधा शाही, अर्का कार्यपालिका सदस्य लक्ष्मी घले, रेडियो जागरणका पत्रकार अम्बिका परियार लगायतले बोल्दै जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाईए पनि व्यवहारमा विभेदबाट दलित समुदाय मुक्त हुन नसकेको बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि, दलित अधिकारकर्मी, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । २०६३ साल जेठ २१ गते दिन छुवाछुतमुक्त राष्ट्र घोषणा भएको थियो । सोही दिनलाई २०६८ सालदेखि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाइन थालिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?