© २०२३
काठमाडौँ, २२ जेठ ।
नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको गम्भीर आरोप लगाएको छ। सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष नेपाल विरुद्ध भ्रष्टाचारको मुद्दा लागे पछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै राजनीतिक प्रतिशोध साँधिएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन ।
उनले सरकार र मन्त्रीपरिषद्लाई नीतिगत निर्णय गर्ने अधिकार रहेकोसमेत दाबी गरेका छन् । उनले नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै गएमा सांसदबाट धेरै जना भ्रष्टाचारको केसमा फस्नेसमेत उनले दाबी गरेका छन् ।
‘सरकारसँग नीतिगत निर्णय गर्ने अधिकार थियो, अहिले त्यो विधेयक राज्य व्यवस्था समितिमा अड्किरहेको छ, मन्त्रिपरिषद्लाई नीतिगत निर्णय गर्ने अधिकार दिने कि नदिने विषयमा टुङ्गिन पाएको छैन। यसअघिका गिरिबन्धु टी स्टेट पनि नीतिगत निर्णयमै पर्छन्। नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै जाने हो भने संसद्मा रहेका धेरै मान्छेहरू बिदा हुनुपर्ने हुन्छन्, उनले भने।
पाण्डेले पार्टी अध्यक्ष नेपाल अहिले रौतहटमा रहेको र त्यहाँबाट काठमाडौँका लागि हिँडेकोसमेत बताए। ‘यो व्यक्तिगत भन्दा पनि पार्टीको कुरा हो, अध्यक्ष ज्यु काठमाडौँ फर्किए पछि यस विषयमा विस्तृत छलफल हुनेछ,’ उनले भने।