Butwal Today

ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरूमा पनि अख्तियार अघि बढ्न सकोस्’

२२ जेष्ठ २०८२, बिहीबार
अ+
अ-
काठमाडौँ, २२ जेठ ।
ललिता निवास जग्गा छानबिन समितिका संयोजक शारदाप्रसाद त्रितालले ‘अख्तियारको निर्णय’ मा खुसी व्यक्त गरेका छन् ।
पतञ्जलि जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भए पछि उनले खुसी व्यक्त गरेका हुन् ।
‘ललिता निवास जग्गा प्रकरणमा यस अघिका अख्तियारका पदाधिकारीहरूले स्थापित गरेको गलत नजिर अहिलेका पदाधिकारीहरूले सच्याउनु भयो, यो ज्यादै खुसीको कुरा हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अव यस्तै अन्य केशहरूमा पनि अख्तियार अघि बढ्न सकोस्।’