ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

मलखादको माग गर्दै किसान महासङ्घको ज्ञापन पत्र 

२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

कपिलवस्तु,२२ जेठ ।

सिजनमा सहज रूपमा मल खादको व्यवस्थापन हुनु पर्ने माग गर्दै नेपाल किसान महासङ्घ जिल्ला कार्य समिति कपिलवस्तुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । महासङ्घका जिल्ला सभापति नन्द किशोर उपाध्यायको नेतृत्वको टोलीले कपिलवस्तुका प्रजिअ दिल कुमार तामाङलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रको बोधार्थ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाली काँग्रेस पार्टी जिल्ला कार्य समिति कपिलवस्तुलाई बुझाइएको छ ।

सभापति उपाध्यायद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा कपिलवस्तु जिल्ला नेपाल सरकारको नीति अनुसार मल खाद वितरणको लागी सहकारीको जिम्मा दिइए पनि बर्से बाली तथा हिउँदे बाली को लागी उचित मात्रामा चाहिने समय अनुकूल मल खाद सर्वसुलभ तरिका वाट उपलब्ध नभएको उल्लेख छ । महासङ्घले ज्ञापन पत्र मार्फत सरकार सँग ५ बुँदे माग राखेको छ । जसमा जिल्लामा खेती योग्य जमिन ८१ हजार ५ सय हेक्टरमा रहेकोमा  प्रति वर्ष २० हजार मेट्रिक टन युरिया, १५ हजार मेट्रिक टन डिएपी र १० हजार मेट्रिक टन पोटासको उपलब्धता सुनिश्चित हुनु पर्ने उल्लेख छ ।

त्यसै गरी उपलब्ध मल खादको वितरण प्रक्रिया गलत भएकाले सहज उपलब्धता हुनु पर्ने, बर्से बालीको लागी समय वैशाख, ज्येष्ठ महिनामा वितरण गरिदिनु पर्ने तथा हिउँदे बालीको समय भाद्र, असोज महिनामा मल खाद  व्यवस्थापन हुनु पर्ने, स्थायी सिचाई सुविधाको लागी सिचाई र विद्युतको व्यवस्थापन गर्नु पर्ने, सहकारीबाट मल खादको दुरुपयोग हुने गरेको देखिएकाले कृषि सहकारी भङ्ग गरी किसानको क्रेडिट कार्ड बनाई किसान को समस्या समाधानको लागी तत्काल पहल गरिनु पर्ने माग राखिएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ तामाङले सम्बन्धित निकायमा प्रेषित गर्ने प्रतिबद्धता सहित मल खादको पारदर्शी रूपमा बिक्री वितरणका लागी आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । महासङ्घले कपिलवस्तु नगरपालिका सहितका स्थानीय तहमा समेत सोही विषयको ज्ञापन पत्र बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?