© २०२३
लमही ,२२ जेठ ।
विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ तारिख मा मनाइन्छ। यो दिवस वातावरण संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले मनाइन्छ विश्व वातावरण दिवस २०२५ को अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्लास्टिकजन्य प्रदूषणलाई गम्भीर चुनौतीको रूपमा लिँदै स्वच्छ वातावरण निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
बिहीबार शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले विज्ञानको प्रगतिको उपजका रूपमा उत्पादन भएको प्लास्टिकको अनियन्त्रित प्रयोगले माटो, जल, वनस्पति र जीवजन्तुमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गरे। उनले प्लास्टिकजन्य फोहोरले वातावरणमा दीर्घकालीन समस्या सिर्जना गरिरहेको भन्दै यसको नियन्त्रणमा सामूहिक प्रयास अपरिहार्य रहेको बताए।
‘प्लास्टिक प्रदूषणको अन्त्य गरौँ’
भन्ने नारासहित मनाइँदै गरिएको यस वर्षको वातावरण दिवसले जनमानसमा वातावरणप्रतिको जिम्मेवारी बोध बढाउने विश्वास व्यक्त गर्दै मुख्यमन्त्रीले लुम्बिनी प्रदेश सरकारले वातावरणीय सन्तुलन कायम राख्न आवश्यक नीतिहरू निर्माण गरी कार्यान्वयन गरिरहेको जानकारी दिए।
उनले जलवायु परिवर्तनको असरलाई न्यून पार्न प्रदेश सरकारले अनुकूलन योजना अघि बढाएको र प्लास्टिकको प्रयोग घटाउने, पुनः प्रयोगलाई प्रोत्साहन गर्ने तथा दिगो जीवनशैली अपनाउनेतर्फ प्रतिबद्धता जनाएको बताए।
संविधानले प्रत्याभूत गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई व्यवहारमा उतार्न नागरिकहरूलाई सचेत र सक्रिय हुन आग्रह गर्दै मुख्यमन्त्री आचार्यले सबै निकायको सहकार्यबाट मात्रै वातावरणीय लक्ष्यहरू हासिल गर्न सकिने उल्लेख गरे। जैविक विविधताले भरिपूर्ण लुम्बिनी प्रदेशमा दिगो विकासका आधारमा वातावरण संरक्षण गर्न सकियोस् भन्ने शुभकामनासमेत उनले व्यक्त गरे।
सन् 1972 मा संयुक्त राष्ट्रसंघ ले वातावरणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन को क्रममा विश्व वातावरण दिवस घोषणा गरेको थियो।
सन् 1973 देखि यो दिवस विश्वभर मनाउन थालिएको हो।प्लास्टिकको सट्टा पुनः प्रयोग गर्न मिल्ने सामान प्रयोग गरौँ,
हरियाली बढाउन वृक्षारोपण गरौँ,
वातावरणमैत्री सवारीसाधन (साइकल, इलेक्ट्रिक गाडी) प्रयोग गर्नु ऊर्जा र पानीको संरक्षण गरौँ र वातावरणसम्बन्धी सचेतना फैलाऊ भन्ने उद्देश्यका साथ प्रदेश र स्थानीय पालिकाले वातावरण दिवस मनाएका छन् ।लमही नगरपालिका र वन डिभिजन कार्यालय देउखुरी लमहीले फरक रूपमा सो दौडेर फोहोर टिक्ने प्रतियोगिता गरी दिवस मनाएका छन् । फोहोर टिप्ने प्रतियोगितामा बोल्दै लमही नगरपालिका मेयर जोगराज चौधरी सामूहिक उत्तरदायित्वको भावना विकास गर्दै प्लगिङ्ग प्राय: समूहमा गरिन्छ, जसले समुदायमा सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास प्रतियोगिता राखेको बताए । साथै चौधरीले
दौडेर फोहोर टिप्नु भनेको आफ्नो स्वास्थ्यको ख्याल राख्दै वातावरण पनि सफा राख्ने जिम्मेवार नागरिकको व्यवहार हो। यसले “स्वस्थ सन्देश दिने बताए ।