ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

कर्णाली सरकारको नीति तथा कार्यक्रम,अधिकांश पुरानै कार्यक्रम

२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

सुर्खेत,२२ जेठ ।

कर्णाली सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उक्त नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमहरू दोहोरिएका छन् । पूर्वाधार विकास र रोजगारी सिर्जनालाई केन्द्रित गरी नीति तथा कार्यक्रम ल्याइएको छ । यद्यपि केही नयाँ नारा दिए तापनि कार्यक्रम भने पुरानै रहेका छन् ।

प्रदेशको समृद्धिको आधारको रूपमा रहेको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने, गुणस्तरीय, सर्वसुलभ शिक्षा र स्वास्थ्यमार्फत मानव पुँजीको विकास गर्ने सरकारले नीति लिएको छ । यस्तै कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण र विविधीकरण गर्दै खाद्य उत्पादनमा आत्मनिर्भर तथा निर्यातमा प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसै गरी उद्योग, पर्यटन, कृषि र पशु क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन मार्फत रोजगारी सिर्जना गर्दै समृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।

अधिकांश ठुला आयोजनाहरू केन्द्रको समन्वयमा गरिने गरी नीति तथा कार्यक्रम ल्याइएको छ । यी योजनाहरू हरेक वर्षका नीति कार्यक्रममा समावेश हुने तर, कार्यान्वयन भने नहुने कार्यक्रम हरू हुन् । सुर्खेत मेडिकल कलेज, रत्न राजमार्ग, सुर्खेत विमानस्थल विस्तार लगायतका कार्यक्रमहरू केन्द्र सरकार मातहत पर्ने कार्यक्रम हुन् । कार्यवाहक प्रदेश प्रमुख मियाँले ती कार्यक्रमहरू केन्द्रको समन्वयमा कार्यान्वयन गरिने बताए । यी योजनाहरू अघिल्ला वर्षका नीति तथा कार्यक्रममा पनि समावेश भएका थिए ।

कार्यबहाक प्रदेश प्रमुख नजिर मियाँले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशमा स्याउको विकास र बिस्तारका लागि बोर्ड गठन गरिने बताएका छन् । बुधबार बसेको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले प्रदेशमा स्याउ, ओखर तथा सुन्तला विकास कार्यक्रमलाई विशेष कार्यक्रमका रूपमा सञ्चालन गर्ने जनाएको छ ।

तहगत सरकारको सहकार्यमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाई नागरिकमा सुशासनको अनुभूति दिलाउने लक्ष्य राखिएको मियाँले बताए । चालु तथा प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्दै पुँजीगत खर्चमा वृद्धि गर्ने उनले बताए । हुम्लाको सदरमुकाम सिमकोटलाई मानसरोवर तथा कैलाश प्रवेशद्वारको रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्न खार्पु–सिमकोट नमुना एकीकृत पर्यटन पूर्वाधार विकास र शे–फोक्सुण्डो ताल किनारमा रहेको प्राचीन रिङ्बो बस्तीलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीको रूपमा रूपान्तरण गर्ने कार्य अगाडि बढाइएको मियाले बताए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा तुइन मुक्त कर्णाली बनाइने नीति लिएको छ । कर्णाली कतिपय स्थानमा अझै पनि नागरिकहरू तुइनकै भरमा यात्रा गर्न बाध्य छन् त्यस कारण प्रदेश सरकारले अहिले तुइन मुक्त नीति लिएको हो । ‘अन्तर प्रदेश सडक सञ्जाल अन्तर्गत सुदूरपश्चिम, लुम्बिनी तथा गण्डकी प्रदेश जोड्ने सडक निर्माणलाई प्राथमिकता राखिने छ । पर्यटकीय महत्त्व भएका स्थान र दुरी घटाउन झोलुङ्गे पुल निर्माण गर्नुका साथै आधा घण्टाको  हिँडाइ÷फेरोभित्र पहुँच पु¥याउन झोलुङ्गे पुल निर्माण गरी यसै आर्थिक वर्षभित्र कर्णालीबाट पूर्ण रूपमा तुइन विस्थापन गरिनेछ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रदेश प्रमुख मियाँले भने ।

यसअघि ल्याइएका तर कार्यान्वयन नभएका लगानी सम्मेलन, भेरी–बबई डाइभर्सनको विद्युत् उत्पादनपछि रोयल्टी प्रदेश सरकारलाई पाउने गरी समन्वयन गरिने लगायतका कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश छन् । कार्यवाहक प्रदेश प्रमुख मियाँले वित्तीय अनुशासनलाई थप सुदृढ गरिने, बेरुजु न्यूनीकरणलाई ध्यान दिइने बताए । सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा विषादी प्रयोगशाला सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम ल्याइएको छ, जुन विगतकै कार्यक्रम हो । पाँच वर्षअघि नै भवनहरू निर्माण भए पनि सञ्चालनमा आउन सकेका थिएनन् । अहिले तिनलाई सञ्चालनमा ल्याइने उनले बताए ।

यस्तै यसअघि अलपत्र परेको ‘बैँक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमलाई अहिले थप व्यवस्थित बनाएर सञ्चालन गरिने प्रदेश प्रमुख मियाँले बताए । यस अघिका नीति कार्यक्रममा पनि परिमार्जन सहित कार्यक्रम सञ्चालन गर्ने भनिएतापनि हालसम्म सञ्चालन नै भएको छैन ।
१० औँ राष्ट्रिय खेलकुदका सबै खेलहरू कर्णालीमा नै खेलाइने गरी तयारी गरिने मियाँले बताए । युवा नीति तर्जुमा गरिने, स्वरोजगार सिर्जना, नेतृत्व विकास सम्बन्धी कार्यक्रमहरू नीति तथा कार्यक्रममा छन् ।

यस्तै सिञ्जा र दुल्लु लगायत भाषाका अभिलेख भएका स्थानमा अध्ययन, अनुसन्धान गर्नुका साथै कला, संस्कृतिका कार्यक्रमहरू पनि ल्याइएको छ । ‘स्थानीय तहको साझेदारीमा सांस्कृतिक सम्पदाहरूको संरक्षण गरिने, योगी नरहरिनाथको सम्मानमा संग्राहलय सञ्चालनमा ल्याइने छ,’ उनले भने, ‘योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न केन्द्र सरकारलाई आग्रह गरिनेछ ।’
यसै गरी केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेका ग्रामीण गाउँ बस्तीमा वैकल्पिक ऊर्जाका माध्यमबाट विद्युत् विस्तार गरिने पनि उनले बताए । उक्त कार्यक्रम पनि विगतदेखि नै सञ्चालनमा ल्याएर कार्यान्वयन हुन नसकेको कार्यक्रम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?