Butwal Today

वडा अध्यक्षलाई भारतीय पक्राउ पुर्जी

२२ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

बर्दिया, २२ जेठ ।

विकास निर्माणका लागि स्थानीयलाई नदिने, कहिले कानुन व्यवसायीमाथि हातपात गर्न लगाउने, अवासको घर निर्माणमा तमसुक बनाउने सधैँ विवादित गुलरिया नगरपालिका–९ का वडाध्यक्ष हरिप्रसाद पासवानमाथि भारतीय बन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ ।
सीमावर्ती भारतीय मुर्तिहा रेन्ज पोष्टले पक्राउ पुर्जी जारी गरेको हो । सुरक्षा अधिकारीहरूका अनुसार उनीमाथि भारतीय वन अपराध पञ्जिका (एच १) आपराधिक क्रियाकलापअन्तर्गत पक्राउ पुर्जी जारी भएको छ ।
यसै गरी वन अपराधको आरोपमा गुलरिया–९ का अनिल यादवमाथि पनि पुर्जी जारी भएको छ । उनी वडा अध्यक्ष सँगै संलग्न रहेकोले पक्राउ पुर्जी जारी भएको हो ।
भारतीय वनकर्मीले उनीहरूमाथि अखेटापहार ओसारपसार गरेको आरोप लगाएका छन् । वडाध्यक्ष पासवानले भारतीय वन रक्षकले भने नेपाली नागरिक माथि कुटपिट र दुर्व्यवहार गरेको विरोधमा आवाज उठाएपछि आफूहरु विरुद्ध झुटो मुद्दा दायर गरेको बताए । भारतीय वनमा घाँस, दाउरा गरेबापत अवैध रुपमा रकम असुल्ने आरोप लागेको छ ।