Butwal Today

प्रदर्शन निषेधको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतद्वारा अस्वीकार

२२ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं, २२ जेठ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गत आइतबार जारी गरेको निषेधाज्ञाविरुद्ध दर्ता गर्न लागिएको रिट सर्वोच्च अदालतद्धाराअस्वीकार गरेको छ।

राजावादीहरूको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल (भद्रप्रसाद नेपाल) ले निषेधाज्ञाको विरोधमा सर्वोच्च अदालतमा रिट दर्ता गर्ने प्रयास गरेका थिए। तर, सर्वोच्च अदालतको प्रशासनले सो रिट स्वीकार गर्न अस्वीकार गर्दै दर्ता प्रक्रिया अघि बढाएन।

जिल्ला प्रशासन कार्यालयले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्यत्र प्रदर्शन गर्न रोक लगाउने निर्णय गरेपछि त्यसको विरोधमा रिट दर्ता गर्न खोजिएको थियो। प्रशासनले निषेधाज्ञा विशेष रूपमा राजावादीहरूको आन्दोलनलाई लक्षित गरेर जारी गरेको आरोप लाग्दै आएको छ।

रिट दर्ता अस्वीकार भएपछि स्वागत नेपालले त्यसविरुद्ध पुनः अर्को रिट दायर गर्ने तयारीमा रहेको बताएका छन्। निषेधाज्ञा, अभिव्यक्ति स्वतन्त्रता, र नागरिकको आन्दोलन गर्ने अधिकारसम्बन्धी बहस यस घटनापछि अझ चर्किन सक्ने संकेत देखिएको छ।