ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

भिजिट भिसाको नाममा मानव तस्करी ! 

२१ जेष्ठ २०८२, बुधबार
२१ जेष्ठ २०८२, बुधबार

भिजिट भिसाको नाममा मानव तस्करीको जालो कति फैलिएको रहेछ भन्ने कुरा विगत १० दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई फर्काएको घटनाबाट पुष्टि हुन्छ । पछिल्लो समय दुबईमा बोलाउने र त्यहाँबाट तेस्रो देश पठाउने नाममा नेपालीहरूलाई दुःख दिने गरेको पाइएको छ । गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराईलाई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जेठमा नियन्त्रणमा लिएर केरकार थालेपछि अध्यागमन कार्यालयले कडाइ गरेको छ । जसबाट थाहा हुन्छ– नेपालबाट दैनिक ६०–७० जना युवाहरूले भिजिट भिसाको नाममा अध्यागमनमा पैसा बुझाउनु पर्ने तितो यथार्थ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार ८ जेठदेखि १८ जेठको अवधिमा भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई फर्काइएको जनाएको छ । यसरी नेपाली युवाहरूलाई विदेश पठाउने नाममा मानव तस्करको जिम्मा लगाउने काम नेपालबाट हुँदो रहेछ– त्यो पनि अध्यागमन कार्यालयबाट ।

भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्दा गृहमन्त्री रमेश लेखकको सचिवालयका सदस्यहरू समेत मुछिएको पाइएपछि मन्त्री लेखक पनि विवादमा तानिएका छन् । जसका कारण प्रतिपक्षी दलहरू अहिले गृहमन्त्रीको राजीनामा नआई सदन चल्न नदिने अडानमा छन् । भिजिट भिसामार्फत नेपालीलाई विदेशमा तस्करी गर्ने काममा संलग्न जो कोहीमाथि कडा कारबाही होस् । यो मुद्दा अख्तियारमा पुगिसकेकोले अख्तियारले केही समयभित्रै छानबिन प्रतिवेदन सार्वजनिक गर्ला । हावा नचली पात हल्लिन भनेजस्तै यो प्रकरणमा ठुलो गिरोहको संलग्न छ भन्ने कुरा पुष्टि भैसकेको छ । अतः अख्तियारले यो गम्भीर मुद्दाको सही र सत्य तथ्य छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाओस् ।

मानव तस्करहरूले दुबईदेखि युरोप, अफ्रिका, अमेरिका लगायतका देशसम्म आकर्षक रोजगारीको प्रलोभन देखाएर अहिले जाल बिछाएका छन् । त्यही जालमा निर्दोष नेपाली युवाहरू फसिरहेका छन् । नेपालमा मात्रै होइन, यो गिरोह दुबईदेखि युरोप अमेरिकासम्म फैलिएको छ । तसर्थ विदेश जानुअघि एक पटक हरेक युवाले आफू कुन देश जाँदै छु, त्यहाँ पैसा कति कमाई हुन्छ ? वैध अवैध कसरी बस्न सकिन्छ ? भन्ने यावत विषयमा गम्भीर डङ्गले जानकारी लिएर मात्र जानुपर्दछ । होइन भने यस्तै मानव तस्करीको जालमा परे घर खेत डुब्नेसम्मको अवस्था हुने भएकोले होसियार हुनै पर्दछ । पुरुष मात्रै होइन महिलाहरू पनि मलेसिया, कतार, दुबई, बहराइन, जोर्डन लगायतका देशमा दलालहरूको ठगीमा परेका समाचार सार्वजनिक भइरहेका छन् । तीमध्ये कति त विदेशमै प्राण त्याग गर्न बाध्य भएका छन् ।

अरू कति अहिले पनि अलपत्र छन् । उनीहरूलाई झुटो मुद्दामा फसाउने गरिएको छ । हालै मात्र रोमानिया र क्रोसिया, आयरल्याण्ड लगायतका केही युरोपका देशमा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । विदेशमा बस्ने र सामाजिक सञ्जाल टिकटकको माध्यमबाट आकर्षक कमाई हुने प्रचार प्रसार गरी सोझा सीधा नेपालीलाई ठगी गर्ने गिरोह सक्रिय रहेको छ । पछिल्लो पटक पुरुष मात्रै होइन, महिलाहरू समेत ठगीमा जोडिएका छन् । महिलाहरूले महिलाहरूलाई ठगी गरिरहेका छन् । पुरुष मात्रै होइन, महिलाको प्रयोग गरेर ठगी काम चलिरहेको छ । सम्बन्धित निकाय मौन छ । आकर्षक सेवा सुविधा सहित काम लगाइदिने भन्दै ठगी गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेको पनि बेलाबखत सुनिँदै आइएको छ । मानव तस्करीको धन्दा अहिले मात्रै होइन, पहिल्यैदेखि फैलिएको छ तर अहिले यो ब्यापक रूपमा फस्टाएको छ । मानव तस्करी जस्तो डरलाग्दो तथा जघन्य अपराध फस्टाउनु निश्चित रूपमा चिन्ताको विषय हो । पछिल्लो पटक भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीमा संलग्नमाथि कडा कारबाही होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?