ट्रेंडिंग:

>> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै

विपद् प्रतिकार्यको योजना बुन्दै प्रदेश सरकार ५ लाख भन्दा  बढी प्रभावित हुने 

२१ जेष्ठ २०८२, बुधबार
२१ जेष्ठ २०८२, बुधबार

लमही ,२१ जेठ ।

लुम्बिनी प्रदेश सरकारले यो वर्षको मनसुनजन्य विपद्‌को सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावकारी प्रतिकार्य योजना निर्माणमा तीव्रता दिएको छ। बुधबार प्रदेश विपद्‌ व्यवस्थापन परिषद्को बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले उच्च सतर्कता र तयारीका लागि मातहतका निकायलाई निर्देशन दिएका हुन्।

राप्ती उपत्यकास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपद्बाट लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने राष्ट्रिय प्रक्षेपणलाई गम्भीरतापूर्वक लिनु आवश्यक रहेको बताए। “समुदायको सक्रिय सहभागिता र समन्वयबिना विपद्‌ प्रतिकार्य प्रभावकारी हुन सक्दैन,” उनले भने, “स्थानीय सरकार, सुरक्षा निकाय र स्वयंसेवक युवाबिच एकीकृत समन्वय जरुरी छ।”

प्रदेश सरकारले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, ०८२’ को आधारमा लुम्बिनीमा करिब ५ लाख २३ हजार जनसङ्ख्या प्रभावित हुने अनुमानसहित रणनीति बनाएको छ। मुख्यमन्त्री आचार्यले सुरक्षित स्थानको पहिचान, नागरिक शिक्षा, सचेतना अभियान, खोज तथा उद्धार तयारी, र आपत्कालीन सेवाको सुनिश्चितता लगायतका बुँदामा विशेष ध्यान दिन निर्देशन दिए।

विपद्‌ व्यवस्थापन परिषद्को बैठकले प्रभावित क्षेत्रका सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन, राहत र पुनः स्थापनाको योजना, खाद्यान्न तथा स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्ने निर्णय पनि गरेको छ।

प्रदेशमा पछिल्ला १० वर्षमा १ हजार ६१८ विपद्‌ घटनाबाट ८ हजार ३१५ परिवार प्रभावित भएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका फोकल पर्सन गंगाधर पाण्डेका अनुसार, यस अवधिमा ४५९ जनाको मृत्यु र ६१९ जना घाइते भएका छन्। २०७३ साल सबैभन्दा भयानक वर्ष बनेको थियो, जहाँ १०७ जनाको ज्यान गएको थियो।

बैठकमा विभिन्न मन्त्रालयका मन्त्री, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रसका प्रतिनिधि र मौसमविद्‌को सहभागिता थियो। वरिष्ठ मौसमविद्‌ वरुण पौडेलले लुम्बिनीका पहाडी क्षेत्रमा अधिक वर्षाको सम्भावना औँल्याउँदै त्यसअनुसार रणनीति बनाउन आग्रह गरे।

लुम्बिनी प्रदेश सरकारले मौसमको पूर्वानुमान, भौगोलिक जोखिम मूल्याङ्कन, समुदायसँगको सहकार्य र पूर्व सूचना प्रणालीलाई प्राथमिकता दिँदै विपद् प्रतिकार्यको सशक्त योजना बनाउँदै छ। प्रदेश सरकारको भनाइ अनुसार सबै पक्षको समन्वय र जिम्मेवार सहभागितामार्फत मात्रै लुम्बिनीलाई सुरक्षित बनाउने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?