© २०२३
काठमाडौँ ।
वर्तमान गणतान्त्रिक व्यवस्थाको विरोध गर्दै राजसंस्था पुनर्स्थापनाको मागमा उत्रिएका राजावादीहरूले अब आन्दोलनको स्वरूप परिवर्तन गर्ने तयारी गरेका छन्।
राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार बुधबार बस्ने बैठकले आन्दोलनलाई फरक ढंगले अघि बढाउनेबारे निर्णय गर्नेछ। उनका अनुसार, आन्दोलनलाई व्यापक बनाउने उद्देश्यले अब नेपालका विभिन्न जिल्लामा, विदेशस्थित नेपाली दूतावासहरूमा घेराउ तथा प्रदर्शन गर्ने कार्यक्रम तय हुनसक्नेछ।
त्यस्तै, आन्दोलनलाई राजधानीको एक ठाउँमा मात्र सीमित नराखी, काठमाडौँका विभिन्न स्थानमा फैलाउने योजना रहेको पनि उनले उल्लेख गरे।सरकारले भने आन्दोलनलाई मध्यनजर गर्दै चक्रपथ भित्रका कोटेश्वर, बल्खु र सिफलचौर बाहेक अन्य क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
राजावादीहरूको पहिलो चरणको आन्दोलन मंगलबार सम्पन्न भएको थियो। उनीहरूको दाबी अनुसार, उक्त आन्दोलनमा ४४ वटा दल, समूह र अभियानका प्रतिनिधिहरूको सहभागिता थियो। अब आन्दोलनको दोस्रो चरण थप संगठित, विविध र रणनीतिक हुनसक्ने देखिएको छ।