© २०२३
दाङ, २१ जेठ ।
दाङमा जबरजस्ती करणीको आरोपमा एक कर्मचारीलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीका अनुसार १६ बर्सिया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बबई गाउँपालिकाका वडा नं.४ मा कार्यरत कम्प्युटर सहायकका रूपमा कार्यरत २७ वर्षीय भूपेन्द्र खत्रीलाई पक्राउ गरिएको हो ।
उनी करारमा कार्यरत कर्मचारी हुन् । मंगलबार मात्रै पीडित बालिकाले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका थिए । पीडित बालिका बबई ४ निवासी घटना गएको जेठ ९ गते भएको थियो । खत्रीले ती बालिकामाथि घरमै गएर जबरजस्ती करणी गरेको प्रहरी समक्ष पीडितले बयान दिएका छन् ।
टिकटक र फेसबुकमा चिनजान भएपश्चात् उनीहरूको फोन सम्पर्क पनि हुन थालेको थियो । पीडक खत्रीले आफ्नो सम्बन्ध बिच्छेद भइसकेकाले पीडित बालिकालाई बिहेको प्रस्ताव पनि गरेका थिए ।
तर, बालिकाले आफ्नो उमेर नपुगेकाले उमेर पुगेपछि मात्रै बिहे गर्ने भनिरहेकी थिइन ।त्यही क्रममा जेठ ९ गते राती खत्री आफै ती बालिकाको घरमा गएर करणी गरेको पीडितले प्रहरी समक्ष बयान दिएका छन् ।।।