Butwal Today

प्रतिनिधिसभाको अवरोध हटाउने छलफल निष्कर्षविहीन

२१ जेष्ठ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभामा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ। संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको छलफलमा सत्ता पक्ष र विपक्षबीच कुनै सहमति नजुटेपछि बैठक बिना टुंगो सकिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने माग दोहोर्याए भने, सत्तापक्षले उक्त माग स्वीकार गर्न अस्वीकार गरेपछि संवाद बन्दको अवस्थामा पुगेको हो।

विपक्षले स्पष्ट रूपमा चेतावनी दिँदै भनेको छ कि छानबिन समिति गठनको घोषणा नभएसम्म संसद् चल्न दिने अवस्था छैन। खासगरी गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको विपक्षी मोर्चाले यो मुद्दालाई गम्भीर रूपमा लिएको छ।

यसैबीच, मंगलबार पनि दुई पटक सूचना टाँसेर बस्दै नबसी स्थगित भएको प्रतिनिधिसभा बैठकलाई सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाएका थिए। तर, सत्ता पक्ष र विपक्षबीच कायम रहेको कडाइका कारण संसद् सञ्चालन हुने सम्भावना अझै टाढा देखिएको छ।

अबको अवस्था के हुने भन्ने प्रश्नमा सबैको नजर सत्तापक्षको लचिलोपन र विपक्षको रणनीतिक कठोरताबीचको सन्तुलनमा टिकेको छ। संसद्को गतिरोध तोड्न दुवै पक्षबाट लचिलो सोच र संवादकै माध्यमबाट समाधान खोजिनुपर्ने स्पष्ट छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?