© २०२३
गुल्मी, २१ जेठ ।
गुल्मीको पश्चिम क्षेत्रमा रहेको मालिका गाउँपालिका अन्तरगत सिलादी–घमिर–अर्खाबाङ् सडक एक साताका लागि बन्द हुने भएको छ । मालिका गाउँपालिकाले एक सूचना जारी गरी उक्त सडक खण्डमा कालोपत्रे गर्ने काम सुरु भएको हुँदा एक साताका लागि पूर्ण रूपमा सडक बन्द हुने गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले जनाकारी दिएका छन् ।
पालिकाले काम सम्पन्न नहुँदासम्म जेठ २१ देखि २७ गतेसम्म उक्त सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । उक्त सडक बन्द भएपछि वैकल्पिक सडकको रूपमा मालिका गाउँपालिका ६ स्थित फूलबारी र ७ को अर्चेङ् हुँदै बरा रुखको सडक प्रयोग गर्न सर्वसाधारणमा आग्रह गरेको छ । उक्त सडकमा गाउँपालिकाको सहयोगमा सडक कालोपत्रे गर्न सुरु गरिएको हो ।