ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
बुटवलको पौरख

उज्यालो बजार, अँध्यारो गाउँ

२१ जेष्ठ २०८२, बुधबार
२१ जेष्ठ २०८२, बुधबार

बुटवल, २१ जेठ ।

बुटवल उपमहानगरपालिका शहरी क्षेत्रमा अहिले उज्यालो बुटवल भन्ने अभियानका साथ तीव्र विकासको यात्रामा अघि बढिरहेको छ । समानता स्वाभिमान र अवसर, बस्नयोग्य बुटवल शहर भन्ने मूल नारा तय गरेको बुटवल उपमहानगरपालिकाले उज्यालो बुटवल भन्ने अभियान पनि संचालन गरिरहेको छ । गोलपार्कदेखि योगीकुटीसम्म फैलिएका मुख्य सडकहरू, विशेषगरी राजमार्ग क्षेत्रहरूमा आधुनिक र ठूला हाइमास्ट लाइटहरूको जडानले साँझपख र रातको समयमा उज्यालोपन फैलाएको छ ।

शहरभरि ठड्याइएका हाईमास्ट लाईटको उज्यालोले सडक सुरक्षालाई मात्र होइन, यहाँका स्थानीय बासिन्दा र यात्रुहरूको गतिशीलता तथा सामाजिक गतिविधिलाई सहज बनाएको छ । प्रमुख सडकहरूमा बलिरहेको हाइमास्ट लाइटहरूले बुटवललाई आधुनिक, व्यवस्थित र सुरक्षित सहरको रूपमा प्रस्तुत गरिरहेका छन्, जसले यहाँको व्यापार, यातायात र पर्यटन क्षेत्रलाई पनि सकारात्मक प्रभाव पारिरहेको छ । बुटवल साँच्चिकै सुन्दर, रमणीय र आकर्षक बन्दै छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको छ ।

 तर, बुटवल उपमहानगरपालिकाको यो उज्यालोपनको अनुभूति अझै सबै ठाउँमा समान रूपमा पुग्न सकेको छैन । विशेष गरी वडा नम्बर १२, १३, १४, १५, १६, १७, १८, १९ वडाका ग्रामीण क्षेत्रका चोक, गल्लीहरू र मुख्य सडकभन्दा टाढा रहेका स्थानहरूमा सामान्य लाइटहरूको समेत अभाव छ । सडकबत्तीको अभावमा साँझपख ती ठाउँहरू पूर्ण रूपमा अँध्यारो हुन्छन् । जसले स्थानीय बासिन्दाको सुरक्षा र दैनिक क्रियाकलापमा बाधा पु¥याइरहेको छ । ग्रामीण क्षेत्रमा अझै पर्याप्त सार्वजनिक प्रकाश व्यवस्थापन नभएकोले सामाजिक विकासमा पनि ठूलो खाडल देखिएको छ । तिनाउ पारीका ८ वटा वडाहरु मध्ये मोतिपुर चोकमा एउटा मात्रै हाइमास्ट लाइट राखिएको छ । त्यो पनि वडा नम्बर १७ र १९ को सिमानामा बाँकी वडामा उज्यालो योजनाको झल्को समेत छैन ।

शहरी र ग्रामीण क्षेत्रबिच यस्तो भिन्नता बुटवल उपमहानगरपालिकाको विकास योजनामा समानता नआउनु चिन्ताजनक विषय हो । जहाँ शहरका प्रमुख भागहरू उज्यालो र व्यवस्थित बन्न पुगेका छन्, त्यहाँ ग्रामीण क्षेत्र अझै अँध्यारोमा डुबेको छ । गाउँका चोकहरूमा हाइमास्ट लाइट त परै जाओस्, सामान्य लाइट पनि बल्न सकेका छैनन्, जसले साँझपख मानिसहरूको आवतजावतमा ठूलो समस्या निम्त्याएको छ । यसले गाउँका मानिसहरूलाई सामाजिक गतिशीलता र आर्थिक गतिविधिबाट बाहिर राखिरहेको छ र सुरक्षा जोखिम पनि बढाइरहेको छ ।

यो अवस्थाले उज्यालो बुटवल बन्ने यात्रामा अझै धेरै काम बाँकी छ र सबै क्षेत्रहरूमा समान विकास आवश्यक भएको देखिन्छ  । ग्रामीण क्षेत्रमा पनि आधुनिक प्रकाश व्यवस्थापन गरी सुरक्षित र व्यवस्थित वातावरण सिर्जना गर्नुपर्ने छ । यसो भए मात्र बुटवल उपमहानगरपालिका साँच्चिकै उज्यालो, समृद्ध र समान नगरपालिकाको रूपमा स्थापित हुन सक्नेछ । शहर र गाउँबिचको विकासको खाडल मेटाउने दिशामा जोड दिनुपर्ने आवश्यकता अझ स्पष्ट भएको छ । उज्यालो बुटवलको सपना सबैका लागि उज्यालो र सुरक्षित जीवन सुनिश्चित गर्ने लक्ष्यसँग जोडिएको छ, त्यसैले सबै क्षेत्रमा न्यायोचित विकास र सेवा वितरण अनिवार्य छ ।

बुटवलको ग्रामीण क्षेत्रमा रहेका वडाहरू १४, १५, १६, १७, १८ र १९ शहरको रेखाभित्र त पर्छन् तर विकासको नक्साबाट बाहिरिएका छन् । यी सबै वडा गाउँबाट सहरउन्मुख भूगोल हुन्, जहाँ जनसंख्या बाक्लो हुँदैछ, बस्ती फैलिँदैछ, साना बजारहरू बढ्दै छन् । तर साँझपख यी ठाउँहरूमा उज्यालो भेटिन्छ भने त्यो केवल सवारीका हेडलाइटमा प्रतिबिम्बित हुने पोलहरू मात्र हुन् । बत्ती छैनन् । अझ दुःखद त के भने, यी वडाहरूको बिचबिचबाट गुज्रिएको देशकै मुख्य मार्ग पूर्व–पश्चिम महेन्द्र राजमार्ग, जुन सडकलाई ‘हाइवे’ भनिन्छ, त्यो पनि रातभरि अँध्यारोमा हराइरहेको छ ।

पुर्व पश्चिम महेन्द्र राजमार्ग, नाममा हाइवे, तर व्यवहारमा अँध्यारो गल्ली जस्तै छ । जहाँ दिनरात ट्रक, बस, मोटरसाइकल, साइकल र पैदलयात्रीहरूको आवतजावत हुन्छ । राति भने ती सबै सवारीहरू हेडलाइटको भरोसामा चल्न बाध्य छन् । राजमार्गका किनारमा पोलहरू छन्, तर ती पोलहरूमा बत्ती छैन । बुटवलबाट झोलुङ्गे पुल, बेलबास, नयाँगाउँ, ढवाहा, तामनगर हुँदै पश्चिमतर्फ जाने सबै भन्दा व्यस्त सडक यही नै हो । अहिले सडक निर्माणको काम पनि भैरहेकाले सवारी दुर्घटनाको जोखिम झन बढेको छ ।

यता बुटवलको केन्द्रमा रहेको अस्पताल अगाडि झलमल्ल उज्यालो छ, तर रानीगञ्जको हाटबजारमा, फर्साटिकरको चोकमा वा इमिली चोकको छेउछाउमा साँझपख देखिने भनेको केवल अँध्यारो मात्र हो । कतिपय ठाउँमा स्थानीयहरूले आफ्नो घरबाट तार तानेर बल्ब झुन्ड्याएका छन्, तर ती पनि अब बलेका छैनन् । यस्तो परिस्थितिमा महिलाहरूका लागि साँझपख यात्रा गर्नु भनेको डरको सुरुङ पार गर्नु जस्तै हो ।

झोलुङ्गे पुल नजिकै घर भएकी सुनिता गौतम भन्छिन्, “शहरतिर त उज्यालोले झिलिमिली छ । तर हाम्रो बस्ती तिर भने अँध्यारो नै छ । साँघुरो सडक बन्दै गरेको सडक, गाडीको तेज लाइट—सबै मिलेपछि साँझको बाटो सुरक्षित होइन, संघर्षमय हुन्छ।” उनीजस्तै धेरै यात्रीहरुलार्ई साँझको समय यात्रा गर्नु जोखिमयुक्त हुन्छ ।

वडा नम्बर १४ का अध्यक्ष दधिराम न्यौपानेले भने, “हामी पटक–पटक कार्यपालिका बैठक र योजना मागमा सडकबत्तीका लागि योजना पेश गर्छौं । तर कहिल्यै प्राथमिकता दिइँदैन। उपमहानगरपालिकाको अंग हौं भनेर चिनिन्छौं, तर व्यवहारमा विकासका केही काममा सधै पछाडी परिरहेका र्छौ”– उनले भने । उनले थपे, “हामीकहाँ हाइवे नै अँध्यारो छ । के हाइवेमा दुर्घटना हुँदैन? के बजारतिरको ज्यान मात्रै महत्वपूर्ण हो ?”

यस्तै वडा नम्बर १५ का अध्यक्ष एवं प्रवक्ता शिव रानाले उपमहानगर पालिकाले पहिला सहरी क्षेत्रका मुख्य मुख्य स्थानमा बिस्तार गरेर ग्रामीण क्षेत्रमा सुधार गर्ने उपमहानगरपालिकाको योजना रहेको बताए । उनले भने, “बढी जनघनत्व भएको क्षेत्रमा अहिले हाईमास्ट लाईट विस्तार गरिएको छ ।”

खास कुरा के हो भने, बुटवलमा खोलावारी र खोलापारिका बासिन्दाबिच विकासको गहिरो खाडल छ । बजार क्षेत्र विकासको स्पीडमा दौडिरहेको छ, ग्रामीण बस्ती भने रफ्तारबिना अड्किएको छ । खोलावारीमा सडक चौडा, हाइमास्ट बत्ती र सिसिटिभी लगायतको सुविधा थपिदै छ । खोलापारिमा धुलो, हिलो, साँघुरा गल्लीहरू र अँध्यारो स्थानीयहरू अब प्रश्न गर्न थालेका छन । “के खोलावारी र खोलापारीका नागरिकको मूल्य फरक–फरक हो ? के हाम्रो कर कम मूल्यको हो ?” वडा नम्बर १९ का दानबहादुर क्षेत्रीले भने । उनले उपमहानगरपालिकाले खोलापारीलाई सैतेली व्यावहार गरेको बताए । एउटै पालिका भएर पनि समान विकास हुन नसक्नु यसैको उपज भएको उनको तर्क छ ।

यी छ वटा वडाहरुका मदैयाचौराहा, भेराइटी चोक, पोखराबारी, इमिली चोक, रानीगञ्ज, नरैनापुर—यी सबै ठाउँहरूमा मान्छे जम्मा हुन्छन्, सामान किनबेच हुन्छ, बालबालिका खेल्छन् । तर बत्ती नहुँदा सबै गतिविधि अँध्यारोभित्र दबिन्छ । अँध्यारोले अपराधको जोखिम बढाई रहेको छ ।

बुटवल उपमहानगरपालिकाले आफूलाई ‘स्मार्ट सिटी’ बनाउने दाबी गरिरहेको छ । तर स्मार्ट सिटीको पहिलो आधार भनेकै स्मार्ट प्रकाश व्यवस्थापन पनि हो । सडकबत्ती कुनै विलासी माग होइन, नागरिक सुरक्षा र सहजरुपमा आवागमनको आधारभूत पूर्वाधार हो । जब बजार उज्यालो हुन्छ, तर बस्ती अँध्यारोमै रहन्छ, तब त्यो विकास होइन, विकासको असमान वितरण हो । शहरसँगै गाउँमा विकासको समान हुनुपर्ने स्थानीयको माग छ । (संचारिका फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?