© २०२३
बुटवल, २१ जेठ । आफनैदेश र छिमेकी देशमा रहेका विभिन्न उद्यानको अध्ययन अवलोकन भ्रमणमा हिडेका मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका कार्यसमितिलाई बुधबार बिदाई गरिएको छ । एक कार्यक्रमका बिच समितिका अध्यक्ष माधव प्रसाद नेपाल र नेपाल राष्ट्रिय उधान महासंघका अध्यक्ष खेम लुईटेलले समितिका उपाध्यक्ष तथा भ्रमण टोलीका संयोजक माधव प्रसाद श्रेष्ठको टिमलाई औपचारिक बिदाई तथा भ्रमणको सफलताको शुभकामना दिएका हुन । सचिवालयमा भएको कार्यक्रममा समितिका अध्यक्ष माधव प्रसाद नेपालले संस्थाको वार्षिक कार्ययोजना अनुसार अध्ययन एउटा पाटोका रुपमा रहेको बताए ।
देशभित्र र विदेशमा समेत संचालित उद्यानहरुको ब्यवस्थापन, चुनौती, सफलताका बारेमा समेत अन्तरक्रियात्मक छलफल गरिने हुदा भ्रमण उपलब्धिमुलक हुनेमा आशाबादी रहेको समितिका उपाध्यक्ष माधव प्रसाद श्रेष्ठले बताए । भ्रमण टोली एक हप्ता पूर्वि नेपाल र भारतको दार्जिलिङ, सिक्किमका विभिन्न उद्यान, त्यहाका विकासका मोडलको अध्ययन, अवलोकनका साथै समितिका पदाधिकारीसंग अन्तरक्रिया गर्ने छन । समितिका पदाधिकारी, सदस्य, सल्लाहकारसहित १७ जना सदस्यहरु भ्रमण टोलीमा छन ।
पर्यटकिय नगरी दार्जिलिङसित मिरिक, गुम्बा, तेन्जिङ रक गार्डेन, सनराईजका साथै सिक्किमका चारधाम, साई मन्दिर यात्रा गर्ने प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले बताए ।