ट्रेंडिंग:

>> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल

दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक बहस सुरु

२१ जेष्ठ २०८२, बुधबार
२१ जेष्ठ २०८२, बुधबार

काठमाडौँ ।

 काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका सम्बन्धमा दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक बहस बुधबारदेखि सुरु भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा बहस अगाडि बढाइएको हो।

उक्त घटनामा संलग्न भन्दै प्रहरीले ६५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। तीमध्ये ४ जना बालकको मुद्दा बाल अदालत, भक्तपुरमा चलाइँदैछ भने ११ मध्ये पक्राउ परेका १० जना आपराधिक उपद्रवको आरोपमा धरौटीमा रिहा भइसकेका छन्।

राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवसम्बन्धी अभियोगमा ५० जनालाई प्रतिवादी बनाइएको छ। त्यसमध्ये दुर्गा प्रसाईँसहित ८ जनामाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको थप गम्भीर आरोपसमेत लगाइएको छ। अभियोगपत्रसहित अदालतमा पेश गरिएका ३९ जनाको थुनछेक एकैपटक सुरु गरिएको हो।

जेठ ११ गते अदालतमा अभियोगपत्र दर्ता भएपछि सुरू भएको बकपत्र प्रक्रिया सम्पन्न भइसकेको छ। त्यसपछि सरकारी वकिल कार्यालयको तर्फबाट बहस सुरु भएको हो। सरकारी वकिलले दुई दिन समय लिएको हुँदा, बहसपछि अदालतले प्रतिवादीहरूलाई थुनामा राख्ने वा थुनाबाहिरै राखेर मुद्दा लड्न दिने भन्ने निर्णय अर्को साता हुने अपेक्षा गरिएको छ।

यसै प्रकरणका प्रतिवादी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई भने अनुसन्धानकै क्रममा छोडिएको थियो। उनीहरू हाल फरार सूचीमा रहेका छन्, तर थुनछेक बहसपछि अदालतमा आफैं उपस्थित हुन सक्ने अनुमान गरिएको छ। त्यसपछि उनीहरूको पनि थुनछेक प्रक्रिया अघि बढ्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?