ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

घोराहीमा खानेतेल र पानीको गुणस्तर यन्त्रबाट मापन गर्ने

२१ जेष्ठ २०८२, बुधबार
२१ जेष्ठ २०८२, बुधबार

दाङ,२१ जेठ ।

घोराही उपमहानगरपालिकाले खाद्य गुणस्तर र उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि विभिन्न गुणस्तर मापन गर्ने यन्त्रहरु ल्याएको छ । यस अघि दुधको गुणस्तर मापन गर्ने “मिल्क एनालाईजर मेसिन“ ल्याएर जाँच गरेको घोराही उपमहानगरपालिकाले हालै खानेतेल र पानीको शुद्धता मापन गर्ने यन्त्र ल्याएको छ ।

उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले मंगलबार घोराहीमा होटल व्यवसायीहरुसंग कार्यक्रम गरेको हो । खाने तेलको गुणस्तर मापन गर्ने “आयल टेस्टोमिटर “ र पानीको शुद्धता मापन गर्ने “वाटर किट “ ल्याएर परीक्षण थालेको हो । घोराहीका नगर प्रमुख नरुलाल चौधरीले खाने तेलको गुणस्तर कस्तो छ भनेर मापन गरी उद्घाटन गरेको हुन् । होटलहरुमा एउटै तेल पटक पटक प्रयोग गरी विभिन्न खाद्य बस्तुहरु पकाउने गरेको भन्ने उपभोक्ताहरुको गुनासो आएपछि उपभोक्ता हित संरक्षण शाखाले उक्त मेशिन किनेर गुणस्तर मापन र सचेतना जगाउन लागेको बताए ।

उपप्रमुख हुमाकुमारी डिसीले व्यावसायिक इमान्दारिता र उपभोक्ता मैत्री सेवा तथा व्यवसायले नै मानव स्वास्थ्य राम्रो हुने बताए । सो कार्यक्रममा होटल व्यवसायी समिति दाङका अध्यक्ष इश्वर बुढा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियाशन लगायतले शुभकामना व्यक्त गर्दै आम उपभोक्ताको खाद्य स्वच्छता सम्बन्धी अधिकारको संरक्षण गर्दै नगरले व्यवसायीहरुलाई सचेतीकरण गर्ने कार्यक्रम सन्चालन गर्नु स्वागतयोग्य कार्य गरेको उल्लेख गरेको थिए ।

सो कार्यक्रममा घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुल्सीपुरका खाद्य निरीक्षक सुदर्शन गोसाइ, घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनार, आर्थिक विकास समितिका संयोजक खोपीराम चौधरी लगायतले भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?