© २०२३
गैंडहवा, २० जेठ ।
नेपाल रेडक्रस सोसाइटीको शहरी पूर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवन्धन परियोजनाको कार्यक्रम अन्तरगत सैनामैना नगरपालिकामा विविध जनचेतना मूलक कार्यक्रमका साथ सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा सैनामैना नगरपालिकाका भित्र रहेका माध्यमिक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सञ्चालन गरिएको थियो भने ” तातोहावाको लहर लूः को पहिचान र प्राथमिक उपचारमा जुनियर तथा यूवा रेडक्रस सर्कलको भूमिक ” भन्ने विषयमा चित्रकला प्रतियोगिता सँचालन गरिएको थियो । त्यसैगरि जनचेतनामूलक कार्यक्रमको रुपमा नगरपालिकामा भित्र वडा न १ देखि ११ सम्म माईकिङ् गरि तातोहावार लहर बाट बच्न भिन्न सन्देशहरु प्रसारण गरिनुका साथै भित्ते चित्रहरु समेत निर्माण गरि जनचेतनामूलक कार्यक्रम मार्फत जनचेतना समुदाय सम्म पु–याउने कार्य गरिएको थियो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाईटी लूम्बीनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न थियो भने नगर बिपद ब्यबस्थापन सम्पर्क व्यक्ति सुरज न्यौपाने नगरपालिका क्षिक्षा शाखा प्रमुख राधा बेल्बासे, परियोजना अधिकृत श्री कृष्ण मल्ल सैनामैनामा क्रियाशिल सँचारकर्मीहरु, क्रियाशिल प्र.अ. शिक्षक नायक, सह शिक्षक नायक, जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरु नगर स्वयंसेबक व्यूरोका सदस्यहरु परियोजनाका कर्मचारीहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको यियो । Beat the Heat मूल नाराका साथ नगरपालिकामा विभिन्न जनचेतनामूलक एवं सेवामुलक कार्यक्रम गरि दिवस सम्पन्न गरिएको थियो ।