© २०२३
ललितपुर, २० जेठ ।
ललितपुर महानगरपालिका–४ जावलाखेलस्थित सदर चिडियाखाना भित्र प्रदर्शनीमा राखिएको दुर्लभ प्रजातिको रेड पान्डा ९हाब्रे० चोरी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरुङ र भारत विहार वैशाली हाजीपुर थाना ग्राम पटना(३ वागटोल घर भएका २६ वर्षीय मोहमद तफिक रहका छन् ।
सदर चिडियाखानामा रहेको उक्त रेड पान्डा गत वैशाख ३० गते राति चोरी गर्न खोजेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौँ स्वयम्भूबाट पक्राउ गरेको हो ।