ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

पक्की पुलले थपेको खुसी

२० जेष्ठ २०८२, मंगलवार
२० जेष्ठ २०८२, मंगलवार

 गुल्मी, २० जेठ ।

गुल्मीमा मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गत पश्चिमी क्षेत्रमा चार वटा पक्की पुल बनेसँगै त्यस क्षेत्रका जनतामा खुसी थपिएको छ । जिल्लाको इस्मा गाउँपालिका, धुर्कोट र मालिका गाउँपालिका अन्तर्गत निर्माण गरिएका उक्त पक्की पुलले त्यस क्षेत्रमा नागरिकहरूलाई ठुलो राहत पुराएको छ । निर्माण सम्पन्न भएका चार पक्की पुलहरूमा फूलबारी खोला, घमिर खोला, हुलाके खोला र धनार्जी खोला गरी चार वटा रहेका छन् ।

पुल अन्तर्गत पन्थ निर्माण सेवाद्वारा फूलबारी खोलाको पुल तीन करोड ३२ लाख ६८ हजार र घमिर खोला पुल तीन करोड १३ लाख ८४ हजारमा निर्माण सम्पन्न गरिएको हो । त्यसै गरी सुनिल समिर निर्माण सेवाले हुलाके खोला पुल पाँच करोड ७९ लाख ५३ हजार र धनार्जी खोला पुल सात करोड ४८ हजार लागतमा निर्माण सम्पन्न भएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए ।

मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा खोलामा पक्की पुल नहुँदा वर्षा याममा त्यस क्षेत्रका मानिसहरूले ठुलो समस्या भोग्दै आइरहेका थिए । पुल नहुँदा खोलाबाट सवारी साधनहरू हिँडाउनु पर्ने बाध्यता थियो । यस्तो अवस्थामा कतिपय सवारी साधनहरू खोलामा फस्ने, बाढीले बगाउने र यात्रुहरूलाई आवत–जावत गर्न वर्षौँदेखि सास्ती व्यहोर्दैै आउनु परेको थियो ।
पुल निर्माण नहुँदा राजनीतिक नेतृत्वले समेत सधैँ आलोचना खेप्दै आएका थिए ।

अहिले चार वटा पक्की पुल एकै चोटी निर्माण सम्पन्न भएर सवारी साधनहरू सञ्चालन हुन थालेपछि त्यस क्षेत्रका नागरिकहरू निकै खुसी बनेको गुरुबाका स्थानीय दधिराम पन्थीले बताए । उक्त पक्की पुल निर्माण भएपछि जिल्लाको पश्चिमी क्षेत्रका पाँच स्थानीय तहसँगै वाग्लुङ्ग र प्युठानसम्मका नागरिकलाई यात्राको लागि सहज बनेको मालिका गाउँपालिका–६ का पूर्व वडाध्यक्ष शोभाखर गिरीले बताए । “पुल नहुँदा हामीहरूलाई वर्षादको समयमा पटक पटक दुख पाउनु परेको, अब खोलामा पक्की पुल बनेपछि विगतका दुखहरू पनि बिर्सने गरायो, कालो पत्र सडकसँगै पुल निर्माण भएपछि यस क्षेत्रको मुहार नै परिवर्तन भएको छ,” गिरीले भने ।

तम्घास–सिमलटारी खण्डमा सडक र पुल निर्माण भएपछि छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फूलबारी, सिमलटारी लगायतका स्थानहरूमा व्यापारिक चहलपहल समेत बढ्न थालेको इस्मा गाउँपालिका–६ का अगुवा कृषक कृष्ण घिमिरेले बताए ।
जिल्लाको विकासमा पुल निर्माणको कामले नागरिकमा धेरै खुसी थपेको गुल्मी क्षेत्र नं.२ का सांसद गोकर्ण विष्टले बताएका छन् । उनले पुलको अभावमा विगतमा जनताले सास्ती भोग्नुपर्दा नेतृत्वले धेरै आलोचना खेप्नु परेको भन्दै एउटै समयमा चारवटा पुल निर्माण हुनुले जनताको मुहारमा खुसी थपिएको बताए । कोभिड सङ्क्रमणको समयमा तम्घास–सिमलटारी सडक खण्डमा पुल नहुँदा बाढीका कारण खोला तर्न नसकेपछि मालिका गाउँपालिका–७ का कृष्ण बहादुर थापाको उपचारको अभावमा समयमा अस्पतालसम्म पुग्न नसक्दा अकालमै ज्यान गुमाउनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?