ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

जेठ ३१ मा डोरी तान प्रतियोगिता हुने

२० जेष्ठ २०८२, मंगलवार
२० जेष्ठ २०८२, मंगलवार

बुटवल, २० जेठ । शक्ति, सहकार्यको उत्कृष्ट तालमेलका समिश्रणको रुपमा मानिने डोरी तान खेललाई प्रवद्र्धन गर्न रुपन्देहीमा प्रतियोगिता गरिने भएको छ । नेपाल खेलकुद महासंघ, जिल्ला कमिटि रुपन्देहीको आयोजनामा जेठ ३१ गते प्रथम पालिका स्तरीय खुला पुरुष डोरी तान (टग अफ वार) प्रतियोगिता २०८२ हुने भएको हो ।
‘खेलकुद विकासका लागि स्थानिय तहदेखी केन्द्रसम्म भौतिक पूर्वाधार, ब्यवसायिक र प्रतिस्प्रर्धी खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने नारासहित प्रतियोगिता आयोजना हुन गैरहेको कमिटिका अध्यक्ष समुन्द्र श्रेष्ठले बुटवलमा पत्रकार सम्मेलन गरि बताए । परम्परा, शक्ति र सामूहिकता बोकेको खेलका रुपमा डोरी तान खेल रहेको उनले बताए । दुई टोलीबीच शक्ति, तालमेल र सहकार्यको उत्कृष्ट परीक्षणका रुपमा खेलिने एक प्राचीन र विश्वव्यापी रुपमा लोकप्रिय खेल भएर पनि ब्यवसायिक हुन नसकेको हुदा यसलाई युवा वर्गमा प्रतियोगितामार्फत चिनाउने प्रयास गरेको उनले बताए । यो खेल शारीरिक तागतसँगै रणनीतिक सोच र सामूहिक प्रयासमा आधारित हुने उनले बताए । चीन, इजिप्ट, ग्रीस र भारत लगायतका सभ्यतामा यो खेल शक्ति प्रदर्शनका रुपमा खेलिने गरेको पाइन्छ । आधुनिक समयमा यो खेल विद्यालयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म आयोजना हुने गरेको उनले बताए । सन् १९६० मा टग अफ वार ईन्टरनेश्नल फेडेरेसनको स्थापना भएको तथा विभिन्न देशहरूमा प्रतियोगिता र नियमको मान्यता दिदै आएको उनले बताए । यो खेल केही वर्षअघिसम्म ओलम्पिक खेलमा समेत समावेश भएको थियो ।

कार्यक्रममा नेकोस केन्द्रिय सचिवालय सदस्य एवं रुपन्देही इन्चार्ज शंकर पाण्डेले पछिल्लोसमय ओझेलमा परेको खेललाई चर्चामा ल्याउने गरि प्रतियोगिता गर्न लागेको बताए । खेलकुद विकासका लागि प्रतियोगिता अनिवार्य हुने भन्दै उनले खेलाडीको प्रतिभा देखाउने अवसरका साथै भाईचारा विकासमा समेत खेलकुदको भुमिका रहने बताए ।

रुपन्देही जिल्ला कमिटि सचिवालय सदस्य एवं खेलकुद इन्चार्ज नकुल शाहीले महासंघमा आवद्ध सबै खेल विधालाई प्राथमिकतामा राखेर गतिविधिमा जोड दिने बताए । खेलाडीको मनोबल, प्रतिभा र खेलस्तरलाई वृद्धि गर्ने उदेश्यका साथ खेल गतिविधिसंगै पूर्वाधार विकासमा सरकारको ध्यान आर्कषण गर्न आफुहरु संस्थागत रुपमा पहल गर्ने उनले बताए ।

कार्यक्रममा नेकोस केन्द्रिय सदस्य जुनु भण्डारी, नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, डोरी तान संघका केन्द्रिय सदस्य नवराज खरेल, नेकपा एमाले वडा नं. ११ सचिव बिर बहादुर कुवर, नेकोस बुटवल नगर अध्यक्ष प्रविण गैरेले समाजमा धेरै प्रचलित खेलका रुपमा रहेको डोरी तान खेल नया पुस्तामा हराउ थालेको भन्दै प्रचार प्रसार र गतिविधिमा जोड दिन आग्रह गरे ।

समुदायमा रहेका खेलप्रेमीहरुको सहयोगमा प्रतियोगिता सम्पन्न गर्ने तयारी रहेको भन्दै उनले मुख्य प्रायोजक, प्रायोजक, सहप्रायोजक वापत सहयोग गर्ने दाताहरुलाई सम्मानपत्रबाट सम्मान गरिने बताए । सिद्धेश्वरी खेलमैदानमा गरिने प्रतियोगिता बेष्ट अफ थ्रि को आधारमा खेलाईने खेल संयोजक त्रिभुवन शर्मा पाण्डेले बताए । प्रतियोगिताको प्रथम टिमलाई नगद ५० हजार, दोस्रो हुने टिमलाई नगद २० हजार तथा तेस्रो हुने टिमलाई नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा भाग लिने प्रत्येक टिममा ८ जना सदस्यको कुल तौल ६४० केजी हुनुपर्ने छ । प्रतियोगितामा ६ लाख ४० हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?