Butwal Today

 गभर्नर पौडेलविरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा हेर्न नभ्याइने

२० जेष्ठ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर गरिएको रिट मंगलबार सर्वोच्च अदालतमा हेर्न नभ्याइने भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि उक्त रिट ३०औँ नम्बरमा परेकाले दिनभरको मुद्दा सूचीभित्र अटेन र सुनुवाइ हुन सकेन।

जेठ १२ गते अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए। त्यसपछि सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशको विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

अब यो रिटको सुनुवाइ अर्को म्यादमा सारिनेछ, र त्यसपछि मात्र अदालतले अन्तरिम आदेश दिने वा नगर्नेबारे निर्णय हुनेछ।