आज सबै सेक्टरका सूचकहरू ओरालो लागे। बैंकिङ क्षेत्र सबैभन्दा धेरै प्रभावित रहँदै २.३४ प्रतिशतले घट्यो। विगत दुई सातामा तीव्र रूपमा बढेको बैंकिङ सूचकमा आज नाफा बुक गर्ने प्रवृत्तिका कारण गिरावट आएको बताइएको छ।
अन्य घट्ने सूचकहरूमा विकास बैंक १.१४, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर ०.९६, जीवन बीमा ०.७४, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा ०.६८ र व्यापार समूह १.३७ प्रतिशतले घटेका छन्।
यद्यपि केही कम्पनीहरूमा उल्लेखनीय वृद्धि पनि देखियो। ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, उपकार लघुवित्त ५.५८ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक ३ प्रतिशतले बढे।
अर्कोतर्फ, सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ४.३८ प्रतिशतले घट्यो। बाराही हाइड्रोपावर, प्राइम कमर्सियल बैंक, र लक्ष्मी सनराइज बैंकको मूल्य पनि करिब ४ प्रतिशतले घटेको छ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, ओम मेगाश्री फर्मास्युटिकल्स र बुटवल पावर रहेका छन्। राजनीतिक अन्योल र नाफा बुक गर्ने मानसिकताले बजारमा नकारात्मक प्रभाव पारेको विश्लेषकहरूको भनाइ छ।




