© २०२३
बुटवल, २० जेठ । मंगलबार पनि देशभर सार्वजनिक सवारी साधन चलेनन । सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भएपनि ब्यवसायीहरुले भने सवारी चलाएनन ।
सडकमा नीजि सवारी साधनहरुमात्र गुडेका छन । दैनिक कामकाजमा जाने सर्वसाधारण, लामोदुरीका यात्रुहरु सडकमा अलपत्र देखिए । बुटवल बसपार्कमा यात्रुहरु साधन कुरेर बसेका भेटिए । यता सवारी नचलेपछि कर्मचारीहरु बसपार्क क्षेत्रमा सरकार र ब्यवसायीबाट सकारात्मक निर्णयको पर्खाइमा छन ।
काठमाण्डौ उपत्यकामा भने साझा यातायातका बसहरुका साथै केही भाडाका सवारीहरु भने सडकमा गुडेका छन । मंगलबार काठमाडौं उपत्यकामा साझा यातायात र प्रहरीले पनि काठमाडौंमा निःशुल्क बस सञ्चालनमा ल्याएको थियो ।