Butwal Today

प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित

२० जेष्ठ २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं,२० जेठ ।

प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले अनलाइनखबरलाई जानकारी दिँदै भनेका छन् कि भोलि (बुधबार) दिउँसो १ बजे बैठक बस्ने गरी स्थगित गरिएको हो ।

मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक सुरुमा दिउँसो २ बजे बस्ने गरी स्थगित भएको थियो । तर, गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलहरूसँग छलफलमा सहमति नपुगेका कारण बैठक पुनः स्थगित गरिएको छ ।