ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

पुरानो बटौलीदेखि आधुनिक बुटवलसम्मको कुरा……

२० जेष्ठ २०८२, मंगलवार
२० जेष्ठ २०८२, मंगलवार

अंग्रेज र नेपालको युद्ध भएको ठाउँ जितगढी किल्ला बटौली । अमरसिंहले वीरता देखाएको ठाउँ बटौली । राजा उजिरसिंहको हिउँदे राज्य संचालन गरेको ठाउँ बटौली । सबै तिरबाट घिउ बेचेर नुन मट्टितेल किन्न बटुलिने ठाउँ बटौली । शिक्षा आर्जन गर्न, भर्ती हुन, रोजीरोटी खोज्न भारत जाने नाका बटौली । यो क्षेत्रमा शिक्षाको पहिलो पाईला सारेको ठाउँ बटौली । देशका ठूला नेता जेल तोडेर आएर बस्ने ठाउँ बटौली । पाल्पा, गुल्मी अर्घाखाँची,मुस्ताङ्सम्मकका मानिसहरू तराई पस्ने नाका बटौली । रूपन्देहीको मर्चवार लुम्बिनीसम्मका तराइका किसानले अन्नपात बेच्न ल्याउने ठाउँ बटौली । यस्तै यस्तै छ बटौलीको पूर्व कथा । तर, अहिले बटौलीमा पहिलाको चकाचौध छैन । बटौली सुनसान बस्ती जस्तो छ । बटौली २०१७ पछि पञ्चायतकालमा बटौली खस्यौली नगर पञ्चायतमा परिणत भयो ।

तिनाउ पारीको चहलपहल तिनाउ वारी खस्यौलीतिर सर्न थाल्यो । त्यही सेरोफेरोमा खस्यौलीमा सानो अस्पताल खुल्यो । अस्पतामा कर्मचारी, डाक्टर, कम्पाउण्डरहरू भर्ना भए, सचेत विरामीहरू डाक्टरसंग जँचाउन आउन थाले । एक दुई औषधी पसल खुले, अञ्चलाधिश कार्यालय, हुलाक सेवा शुरु भयो । कर्मचारीहरू बढ्दै गए । यसैक्रममा बुटवल तानसेन सडक बन्न शुरु भयो । तानसेन, बुटवल र भैरहवाका केही शिक्षित नागरिकबाट अक्षरको खेती पनि शुरु भयो । समाजमा देखिने बेथिती अन्याय बारे लेखेर गोरखपुरसम्म पुगेर छपाएर ल्याई बाँड्ने अवस्था थियो । पछि त बुटवलमै ल्पेटमा अक्षर मिलाएर राखेर पेपरमा छाप्ने पे्रस खुल्यो निर्मल प्रेस । अनेक जातजातीका मानिसहरूको आउजाउ बढ्दै
गयो । खस्यौली गुल्जार हुँदै गयो । पहाडतिरबाट बसाई सराई गरेर आउनेक्रम बढ्दै गयो ।

बटौलीमा मात्र सिमित ब्यापार खस्यौलीतिर सर्दै गयो । सुनौली नाकाबाट एककादुक्का बस ट्रक संचालन हुन थालेपछि स्टेशनमा भारततिरबाट आएर बास बस्ने, खानपान गर्ने, रसरंग गर्ने भट्टी पसलहरू खुले । ति भट्टी पसलहरू विस्तारै केही ठूला होटलमा परिणत हुँदै गए । तिनैमध्ये केही तारे होटलमा परिणत भए र भईरहेका छन् । अहिले भैरहवादेखि बुटवलसम्म हजारौ साना र ठूला तारे होटल विकसित भएका छन् । आफनो आर्थिक हैसियत अनुसार बस्न खान रसरंगमा रमाउन पाउने भएका छन् । हेर्दाहेर्दै खस्यौलीले काँचुली फे¥योे । पहाडतिरबाट आएको घीउ किन्ने र ढिके नुनदेखि, जीरा मरिच, डल्ले सावुन, दाल चामल, आलुको ब्यापार गर्ने बटौली अहिले बुटवल बनेर सुनको ब्यापार गर्ने भएको छ । हामीले देखेकै छौ बुटवलमा सयौको संख्यामा सुन पसल खुलेका छन् ।

मुख्य राजमार्गदेखि बुटवलको प्रसिद्ध बजार अमरपथ, अरू गल्ली गल्ली, बस स्टेशन भित्रका गल्ली सुन पसलले भरिभराउ छन् । जता गयो उतै सुन पसल । भएन भनेर सुकुम्बासी बस्तीमा समेत सुन पसल छन् । सुन जति जति महँगो हुँदै छ, सुन पसलहरू त्यति त्यति खुलिरहेका देखिन्छन् । अचम्म लाग्छ मैले जान्दा तीनसय रूपैयाँ तोला सुन थियो । त्यही किन्न पनि पैसा हुदैनथ्यो । अहिले म सत्तरीमा टेके । अहिले सुनको भाउ दुईलाख पुगिसकेको छ । तर मैले कहिल्यै सुन किनेर राखिन । जति महँगो सुन भएपनि सुन पसलमा सुनका गहना किन्नेको भिड नै देखिन्छ । बुटवल उपमहानगरपालिका मात्र होइन, तिलोत्तमा, भैरहवा नगरपालिका, जता जाउँ उतै देखिनेछन् सुनका पसल । महेन्द्र राजमागदेखि पूर्वका अलिअलि बजार भएको ठाउँमा दुईचार सुन पसल रहेकै पाईन्छ ।

यसरी हेर्दा के देखिन्छ भने केही सिमित वर्गको आर्थिक अवस्था निकै माथि उठेको छ र उठिरहेकै छ । अर्को पाटो पनि छ– सुनमा आफ्नो गौरव र ईज्जत ठान्नेहरूको संख्या । यिनै सुनमा ईज्जत देख्नेहरूको बढ्दो संख्याले पनि सुन पसल खोल्न आकर्षित गरेको हुनुपर्छ । कुनै कुनै त जग्गा बेचेरपनि सुन लगाउँने देखिन्छन् समाजमा । सुनलाई आफ्नो ईज्जत ठान्ने, जति ठूला गहना लगायो, त्यति आफ्नो इज्जत ठूलो देख्ने चलन छ समाजमा । महिलाले त जातले पाएको भन्लान, केही पुरुषहरूले पनि दाम्लो जस्तो सिक्री लगाएर हातमा दुई तीनवटा बेरुवा औंठी, नाडीमा ब्रसलेट लगाएर हिंडेको देखिन्छ । किन यस्तो चाहना हुन्छ सुनप्रति ? त्यो विषय अर्कै होला । बुवा, पति, आमाहरूले छोरी बुहारीलाई गक्षे अनुसार नाक कानमा लगाउन भनेर सानातिना गहना बनाईदिने चलन हो ।

यो हाम्रो परम्परागत संस्कार बनिसकेको छ । नाक कानमा सामान्य गहना लगाउनु महिलाको श्रृंगार भित्र पर्नसक्छ तर सामान्य भन्दा धेरै लाउनु आफुलाई अभिजात्य वर्ग देखाउनु हो भन्नेलाग्छ । त्यही सुनका कारण कतिका ज्यान गएका घटना पनि छन् समाजमा । यो एउटा धातु नै हो, अलि महँगो खालको । किन्दा झट्ट किन्न सकिने र अप्ठयारो पर्दा छिटै बेच्न पनि सकिने । त्यसैले होला हिजोआज मन्त्रीहरू सांसदहरू पनि सुनको तस्करीमा लागेका , सुन तस्करीमा मुछिएका र पक्राउ परेका, जेल परेका घटना बग्रेल्ती सुनिन्छन् ।

कुरा हो हिजोकोे बटौली र आजको बुटवलकोे । पहिला केही सिमित एरियामा घेरिएर रहेको बुटवल केहीवर्ष देखि विस्तारित बुटवल नगर भएको छ । अहिले त उपमहानगर नै बनेको छ । हिजो बल्लतल्ल दुई चार पत्रपत्रिका प्रकाशित हुने, दुईचार प्रेस र सिमित पत्रकार भएको बुटवलमा पत्रकारहरूको संख्या हजार पुगिसकेको छ । पहिला पत्रकार संघ बनेको थियो । अपसेट प्रेसको जमाना आएपछि पत्रिकाको संख्या बढ्यो । पत्रिका बढेपछि पत्रकारको संख्या बढयो । जिल्लाजिल्लामा रिपोटरहरू बने । पत्रकारहरूको हकहितको कुरा गर्ने पत्रकार महासंघ बन्यो । देशैभरि जिल्ला जिल्लामा महासंघका शाखा गठन भए । २०४६ पछि देशमा दलीय ब्यवस्था आयो । प्रतिबिन्धत पार्टीहरू खुला भए । उनीहरूले आ–आफ्ना संगठन बिस्तार गर्दै गए । जति दलको संख्या छन् त्यति पत्रकार संगठन बनाउँदै गए । ति संगठनहरू आ– आफ्ना पार्टीको प्रचार गर्ने र समाजको हित भन्दा पार्टीका हितमा लेख्ने भए ।

पार्टी पत्रकारहरू आफ्ना पार्टी नेताहरूका कमी कमजोरी, गलत कामहरू सच्च्याउन सुझाव दिनु भन्दा ढाकछोप गर्ने, उनका गल्ती कमजोरीलाई चोख्याउने काममा लागे । कोही पत्रकार पत्रकारिताको आडमा जग्गा ब्यापार गर्ने भए । पत्रकारिताको उद्देश्य विपरीतका काममा लाग्न थाले । हो पत्रकारिताका तालिममा पत्रकारले गर्ने नगर्ने कामबारे जानकारी दिइन्छ । समय समयमा पत्रकारिता लालिम नै दिएर पत्रकारितामा ल्याउने चलन थियो र अझै छ । तालिम लिनेको संख्य धेरै नै हुन्थ्यो । सबैले काम नगरे होलान् तर केहीले निरन्तरता दिई नै रहेका छन् । बिशुद्ध पत्रकारिता गरेर पेट पाल्न जहान पाल्न पनि गाह्रो भएर होला दायाँ बायाँतिर लागेको । पत्रकारलाई पनि पेटपाल्ने पैसा हुनुपर्छ । यसमा कसैको दुईमत छैन । यसको मेसो संचारगृहले मिलाउने हो । केही समययता पुरुष पत्रकार मात्र होईन, पत्रकार महिलाको संख्या पनि उल्लेख्य बनेको छ । महिला पत्रकारहरूको छुट्टै संगठन पनि बनिसकेको छ संचारीका समूहको नामले ।

यसलेपनि आफ्ना गतिविधि गरिरहेकै छ । बेलाबेलामा पत्रकार महिलाको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले नगरपालिकासंगको साझेदारीमा तालिम संचालन गर्दै आएको छ । तालिम लिएपछि लेखन शैलीमा बिकास त पक्कै भएको होला । महिलाका समस्या, महिलाले गरेका प्रगति, समाजमा देखिने बिकृति, हिंसा हत्या सम्बन्धी घटनाका समाचार सम्पे्रषण गर्न पक्कै सजिलो भएको छ । प्रिन्ट पत्रिकाभन्दा धेरै अनलाईन पत्रकारितामा महिलाको संख्या बढेको देखिन्छ । प्रिन्ट मिडियामा लेख्ने महिला भन्दा रेडियो, टेलिभिजन र अनलाईनमा काम गर्ने महिलाको संख्या निकै छ । जमाना नै अनलाईनको आएको छ । एक ठाउँमा घटेको राम्रो, नराम्रो घटना तुरन्तै संसारभर पुग्ने प्रविधिको विकास भएको छ । कसले भन्न सक्छ बुटवलको विकास भएको छैन भनेर । मनग्गे विकास भएको छ बुटवलको र अझै हुँदैछ । २०५० को दशकपछि बुटवललाई कर्मथलो बनाउने, छोराछोरीलाई शिक्षादीक्षा दिने उद्देश्य बोकेर पहाडका गाउँठाउँबाट मानिसहरू सलहझै ओईरिए बुटवल र आसपासका ठाउँमा ।

जग्गाको कारोबार गर्ने कारोबारीले मनग्गे पैसा कमाउने मौका पाए । पहाडबाट आउने क्रम अझै जारी नै छ । जनसंख्याको चाप बढेको छ बुटवलमा । पहिला तिनाउ नदीमा एउटामात्र झोलुङ्गे पुल थियो । पुलचोक नामले चिनिन्थ्यो । अहिले झोलुङ्गे पुल सहित आठ नौ वटासम्म नदीमाथि पक्की पुल बनेका छन् । बुटवबाट बसन्तपुरको डाँडोमा पुग्ने र पारी बटौलीबाट नुवाकोटको डाँडोमा पुग्ने केवलकार चलेका छन् । यि दुबै पहिलेका पहाडबाट बुटवल आउने ऐतिहासिक बाटा हुन् । अहिले बुटवलबाट एकैदिनमा मुक्तिनाथसम्म पुग्न सकिने बाटो बनेको छ । पहाडी गाउँ ठाउँका तीर्थस्थलहरूमा दर्शन गर्न जानेदेखि, घुमफिर गरेर फर्कन सक्ने बाटो तयार भएका छन् । पहिला पहाडतिर बाटोघाटो थिएन, मान्छे मात्र थिए गाउँठाउँमा । आवश्यकता पुर्तिका लागि हप्ता दशदिन हिंडेर बटौली आउँथे । अहिले गाउँ गाउँमा बाटो पुगेको छ तर मान्छेजति खोला किनारका सम्मा ठाउँ र तराईतिर झरेर सुबिधामा बस्ने भएका छन् ।

गाउँमा जाने हो भने बलियो मान्छे भेटिदैन । बुढाबुढीले पेटी कुरेर बसेका छन् । यो घरघरको कहानी हो । धेरै गाउँका घर खण्डहरमा परिणत भएका छन् र बाँदरको बास रहेको छ । फरक त्यति छ पहिला र अहिलेमा । मानिसलाई आफ्नै गाउँठाउँमा रोक्ने उपाय र योजना ल्याउनु पथ्र्यो सरकारले । यो आवश्यकता पनि थियो । तर ४६ पछिका सरकार रेमिटयान्समा रमाउन थाले । के के नामका भिसामा मान्छे बेच्न थाले । भ्रष्टाचार बेथितीले सिमा नाघिसक्यो । अव युवाहरूलाई आफ्नै गाउँठाउँमा रोक्नेकाम स्थानीय, प्रदेश र केन्द्र सरकारको हो । त्यसको के के योजना ल्याउनुपर्छ उनीहरूले सोचुन् ।

कुरा बुटवलकै बिकासको हो । शिक्षा र स्वास्थ्यको क्षेत्र निकै बिस्तार भएको छ । मनोरञ्जनकालागि सिनेमा घरहरू छन् । धार्मिक स्थलहरू छन् । घुम्न मन बहलाउन पार्कहरू छन् । खोला तरेर वारपार गर्नुपर्दैन । पुलबाट सररर ठाउँ ठाउँका गाउँबस्ती पुग्न सकिन्छ । पहिला एकघण्टा हिंडेर पार गर्नुपर्ने तिनाउ नदीको बगर अहिले साँघुरिएको छ । खोलाका दुवैतर्फ पर्खाल लगाई सुकुम्बासीका नाममा मानव बस्ती बस्न दिईएको छ । बाढीले बस्ती बगायो भने बाढीपिडित सुबिधा लिन पाईन्छ । धान फल्ने बुटवल आसपासका खेतहरू सबै घर घडेरी बनेर शहरमा परिणत भएका छन् । सुबिधा सम्पन्न अग्ला घर बनेका छन् । गल्ली गल्ली सबै पिच भएका छन् र हुने क्रम जारी छ । टोल टोलको नामाकरण भएको छ । टोल विकास समिति बनेका छन् । बुटवलका टोलटोलबाट निस्कने प्लास्टीकजन्य बस्तु विर्सजन गर्न खोला कुला छँदैछन् । चाहे त्यो फोहरले अरूका खेत खलिहान किन नढाकुन् । सबै फोहर खोला कुला जसले गाउँ गाउँका खेत सिंचाई गर्छन् , त्यहाँ फाल्न पाईएकै छ । कसैलाई दण्ड सजाय हुँदैन ।

त्यसो त टोलमा सरसफाई भए नभएको हेर्ने निकाय पनि बनेको होला । टोल टोलमा महिला उद्यमीहरू तयार भएका छन् । महिलालाई स्वरोजगार बनाउन तालिमको ब्यवस्था मिलाईएको छ बेला बेलामा । यो कुरा बुटवलका मेयर उपमेयरका मुखबाटै सुन्न पाइन्छ । नुन, सुन, लत्ताकपडा, भाँडाकुडा, खाद्यान्न, फलफूल र मिठाई र दुग्धजन्य पदार्थ स्वच्छ मासुका पसल खुलेका छन् । यातायातका साधन बुटवलमा अटाइनसक्नु भइसकेका छन् । अहिलेको बुटवलमा कुनै कुराको कमी छैन । मात्र कमी देखिन्छ ब्यवस्थापनको, दण्ड, सजाय जरिवानाको । यातायातका साधनहरूको ब्यवस्थापन भएको छैन , सडक पेटी ब्यवस्थापन छैन । सडक बनेको छ, सडक पेटी बनेको छ तर कार र मोटरसाईकल पार्किङ् गरेर हिंड्ने ठाउँ पाइँदैन । इ रेक्सादेखि मोटरसाईकलले जथाभावी बाटो काटिदिन्छन् त्यसले गर्दा दुर्घटना बढेको छ । सरसफाईको ब्यवस्थापन देखिदैन । खानेपानी र ढलको ब्यवस्थापन राम्रो छैन । स्वास्थ्य क्षेत्रमा नगरको उद्देश्य अनुरूपको ब्यवस्थापन भए नभएको अनुगमन र दण्ड सजायको परिपाटी देखिदैन । बाटो घाटोदेखि बिकास निर्माणका काममा ढिला सुस्ती देखिन्छ । मोटर हिड्ने बाटो छ, नियम पालना छैन । यो कसले ब्यवस्थापन गर्ने हो ? यदि यो सब ब्यवस्थापन हुने हो भने बुटवल आधुनिक र हेर्ने लायक शहर नवन्ला भन्न सकिन्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?