ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

दुर्व्यसनी, अन्धविश्वास तथा कुरीति हटाउने अभियान

२० जेष्ठ २०८२, मंगलवार
२० जेष्ठ २०८२, मंगलवार

अर्घाखाँची, २० जेठ ।
लागू औषध दुर्व्यसनी, सामाजिक अन्धविश्वास तथा कुरीति हटाउन अर्घाखाँचीको भूमिका स्थान नगरपालिकामा सञ्चालन भएको युवा सचेतना अभियान सुरुवात गरिएको छ ।  कानुनले वर्जित गरे पनि समाजमा लुकेर रहेको बालविवाह, महिला तथा जातीय विभेद, घरेलु हिंसा जस्ता सामाजिक विकृतिजन्य कु–रीति र दुर्व्यसनी नियन्त्रण गर्न नगरपालिकाको १० वटै वडामा यस्तो अभियान सञ्चालन गरिएको हो । भुमिकास्थान नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरीय युवा सञ्जालले १० वटै वडाको प्रतिनिधित्व हुनेगरि ५ स्थानमा ५ सय बढी युवालाई सहभागी गराएर युवा सचेतना कार्यक्रम सञ्चालन गरिएको भूमिका स्थान युवा सञ्जालका संयोजक टेकराज भुसालले बताए ।

भूमिका स्थान युवा सञ्जालका संयोजक टेकराज भुसालका अनुसार गत शुक्रबार भूमिका स्थान ९ र १० का युवाहरूको सहभागितामा धनचौरमा सचेतना कार्यक्रम गरी शुभारम्भ गरिएको उक्त कार्यक्रम आइतबार भूमिका स्थान ३ र ४ का युवाहरूको सहभागितामा धारापानीमा कार्यक्रम गरी समापन गरिएको छ ।  अभियानमा हिमाली अनुसन्धान केन्द्र काठमाडौँका प्रतिनिधि पुरन पोख्रेलले लागु औषध के हो ? दुर्व्यसनी के हो ? मानिसहरू लागू औषधको सिकार किन हुन्छन् ? कसरी छुटाउन सकिन्छ ? जस्ता विषयमा युवाहरूलाई अभिमुखीकरण प्रदान गरेका थिए । सामाजिक कुरीति, कु–प्रथा र अन्धविश्वास के हो ? यसले मानिस र समाजलाई कसरी झेलेको छ ? मुक्त कसरी हुने भन्ने विषयमा ट्रष्ट नेपाल खोटाङको अध्यक्ष गोमा राईले प्रशिक्षण प्रदान गरेकी थिईन्न ।

जेठ १६ गते शुक्रबार, जेठ १७ गते शनिबार र जेठ १८ गते आइतबार धनचौर, नुवाकोट, असुरकोट, ढाकावाङ्ग र धारापानी गरी ५ स्थानमा ५ सय बढी युवा तथा सरोकारवालाको सहभागितामा सम्पन्न अभियानमा भूमिका स्थान युवा सञ्जालका संयोजक टेकराज भुसाल र पत्रकार गोपाल प्रसाद भट्टराईले सहजीकरण गरेका हुन ।  २१औं शताब्दीमा पनि समाजमा जरा गाडेर बसेको बोक्सी, धामी, महिनावारी बार्ने, बालविवाह, जातीय छुवाछुत र कुलत जस्ता समाजका हानिकारक विकृतिलाई रोक्न युवा सचेतना अभियानले प्रभाव पार्ने नगरप्रमुख झविलाल थापाको भनाई छ।

भौतिक निर्माणले मात्रै समाज समृद्ध हुन नसक्ने भन्दै नगरप्रमुख थापाले दिगो विकासको निम्ति सामाजिक कु–रीति र दुर्व्यसन कारक बनेको बताउनुभएको छ। नागरिक सचेत नभएसम्म भौतिक सुविधाले सन्तुष्टि नमिल्ने निष्कर्ष सहित आफूहरूले यस्ता कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ । सचेत युवाको एकताले समाजमा व्याप्त कूपर्था र दुर्व्यसनी न्यूनीकरण गदै समृद्ध समाज बनाउन सकिने विस्वांस व्यक्त गर्दै नगरप्रमुख थापाले कर्म र उत्पादनमा जोडिन सबै नागरिकलाई अपिल गरेका छन् ।

आम नागरिकको सकारात्मक सोच र युवाहरूको सक्रियताले समाजका हानिकारक प्रथा र गलत संस्कार हटाउन सकिने भन्दै नगर उपप्रमुख बालकृष्ण बन्जाडे र प्रमुख प्रशासकीय अधिकृत जग्दीशचन्द्र नेपालीले नगरपालिकाको अभियानमा सबैको हातेमालो जरुरी रहेको बताए ।  कार्यक्रममा नगरपालिका सँगै भूमिका स्थान १ का वडाध्यक्ष गोपाल खनाल, २ का वडाध्यक्ष बुद्धि बहादुर थापा, ३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, ४ का वडाध्यक्ष बाबुराम पन्थी, ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ र १० का वडाध्यक्ष खगिश्वर पन्थी,कार्यपालिका सदस्य तथा वडा सदस्यहरू, वडा सचिव, विद्यालयका शिक्षक प्रतिनिधि, स्वास्थ्य चौकीका प्रतिनिधि, प्रहरी सहित सामाजिक अगुवाको अग्रणी सहयोग रहेको थियो ।युवा सचेतना अभियानमा सहभागी युवा तथा सरोकारवालाले समाजका नकारात्मक पक्षजस्तै: बोक्सी, दाइजो, बाल विवाह र दुर्व्यसनी जस्ता कुरीतिलाई अन्त्य गर्न भूमिका खेल्ने प्रण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?