© २०२३
२० जेठ, सियोल ।
पूर्व दक्षिण कोरियाली नेता युन सुक येओलले सैनिक कानुन घोषणा गरेको एक महिना पछि मङ्गलबार दक्षिण कोरियालीमा नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।
महिनौँको आन्दोलनपछि दक्षिण कोरियाली जनता नयाँ राष्ट्रपति चयनका लागि उत्साहित देखिएका छन् । यस पटकको राष्ट्रपति चुनावमा दुई मुख्य उम्मेदवार लिबरल उम्मेदवार ली जे म्युङ र कन्जरभेटिभ उम्मेदवार किम मुन सु रहेका छन् ।
मतदान प्रक्रिया बिहान ६ बजेबाट सुरु भई बेलुका ८ बजे सम्म चल्नेछ । निर्वाचन आयोगका अनुसार चार करोड ४३ लाख ९१ हजार ८७१ मतदाताले १४ हजार २९५ मतदान केन्द्रबाट मतदान गर्नेछन् । दिउँसोसम्म ६२.१ प्रतिशत योग्य मतदाताले मतदान गरिसकेका छन्, जुन अघिल्लो चुनावको तुलनामा बढी हो ।
महिनौँको आन्दोलनपछि सञ्चालन हुने यो चुनावको दिन कुनै पनि प्रचार अभियानलाई अनुमति दिइएको छैन । नेता युन सुक येओल र उनकी पत्नी किम केओन हीले निवास नजिकैको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
दक्षिण कोरियाको राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ । नियमित चुनावसँगै संक्रमणकालीन अवधि पनि हुन्छ र राष्ट्रिय निर्वाचन आयोगले मत गणनाको अनुमोदन गरेपछि विजेता राष्ट्रपतिको घोषणा गरिन्छ ।