Butwal Today

गृहमन्त्रीलाई सदनमा बोल्न दिने विपक्षी निर्णय, छानबिनको सर्तमा सहमति

२० जेष्ठ २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन गर्न सरकार तयार भए गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिने विपक्षी दलहरू सहमत भएका छन्। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायत दलहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

सभामुख देवराज घिमिरेको पहलमा सत्ता पक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूको बैठकमा सत्तापक्षले गृहमन्त्रीलाई संसदमा बोल्न दिन आग्रह गरेका थिए। विपक्षीहरूले भने २०६४ साल यता गृहमन्त्री र श्रममन्त्री बनेका सबैमाथि छानबिन गर्न सरकार तयार भए मात्र गृहमन्त्रीलाई बोल्न दिने अडान राखेका थिए।

अब सत्ता र प्रतिपक्षबीच प्रारम्भिक सहमति जुटेपछि संसदको गतिरोध अन्त्य हुने सम्भावना देखिएको छ। भिजिट भिसाको नाममा मानव तस्करी र अनियमितताको आरोप लागिरहँदा संसदमा बहस आवश्यक ठानिएको छ।